एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

काठमाडौं । प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न भएको छ । नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकमा परेका सर्वोत्कृष्ट पाँचमा पर्न सफल भएकाहरु मध्येबाट उत्कृष्टलाई अर्वाड परुदान गरिएको थियो ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको हातवाट अर्वाड विजेतालाई प्रमाण पत्र तथा सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा वोल्दै अध्यक्ष दाहालले सर्वाधिक विधामा नेपालको पहिचान र लोक सस्कार र सस्कृतिको सम्मान गर्न विभिन्न समयमा अवार्ड लगायतका प्रतिस्पर्धा गरिनु निकै प्रशंसायुक्त काम भएको बताए ।

कार्यक्रममा नेपाली सुगम संगीतका धरोहर भजन शिरोमणी भक्त्तराज आचार्य र बरिष्ट लोक गायक कुमार बस्नेतलाई ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो । त्यस्तै, ‘एपिक नेपाल पत्रकारिता सम्मान’ अन्तर्गत न्युज २४ का रवि लामिछाने, रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमला, रेडियो काठमाडौंका चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराईलाई सम्मान गरिएको थियो ।

त्यस्तै, डीस होम रमाइलो टिभीका बिकास लामिछाने, नेवा अनलाईनका विजयरत्न तुलाधर, हिमालयन टाइम्सका गोपीकृष्ण चौलागाईं, संचारकर्मी तथा गीतकार सानु श्रेष्ठ, सुन्दारादेवी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका विनोद बिक, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सविता पोखरेल, पावर न्युजकी कमला जोशी, म्युजिक डायरीकी तुलसी गिरी ‘भावुक’, ताजा खबर अनलाईनबाट कृष्णा आचार्य रोशनी, प्रकाश साप्ताहिकका दीपक पाण्डे र रेडियो मिर्मिरेका राजु बोहरा, बाल गायिका स्मिता दाहाल सम्मानित भएका छन ।

कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागी आफुहरुले निकै मेहनत गरेको कार्यक्रम संयोजक राजेन्द्र पुरीले बताए । अवार्ड समारोहमा राष्ट्रिय भावका गीत तर्फ कला पंगेनि, राष्ट्रिय भावको जुरी अवार्ड तर्फ शितल शर्मा , सर्वोकृष्ट लोक गीत बोल माया प्रकाश सपुत , सर्वोत्कृष्ट आधुनिक गीत रमेश राज भटटराई , लोकदोहोरी गायक खुमन अधिकारी र लोक दोहोरी गायिका पुर्णकला विसीले अर्वा हात पारीन ।

त्यस्तै, लोकदोहोरी शब्द शिव हमाल , लोक दोहोरी लय कस्तुप पन्त , सर्वोत्कृष्ट लोकदोहोरी मोडल अभिनय पुरुष विमल अधिकारी , सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला मन्जिता केसी , लोकदोहोरी मोडल नृत्य पुरुष दिनेश थापा , लोक दोहोरी मोडल महिला दिपासा विसी, लोकदोहोरी मोडल महिला पब्लिक च्वाइस रिना थापा मगर, सर्वोत्कृस्ट लोकदोहोरी भिडियो निर्देशक कपिल लामा , सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक नृत्य विक्रम चौहान , जुरी अवार्ड शंकर विसी , सर्वोत्कृष्ट लोकदोहोरी भिडियो सम्पादक अविनास डिसी र सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष सनम कठायतलेृ अर्वाड हात पारे ।

त्यसैगरि, सर्वोत्कृष्ट आधुनिक मोडल महिला सगुन शाही , सर्वोत्कृष्ट आधुनिक निर्देशक देवेन्द्र पाण्डे , सर्वोत्कृष्ट आधुनिक भिडियो सम्पादक सायल खान , सर्वोत्कृष्ट आधुनिक छायाँकार मुकेश हुमाँगाइ सर्वोत्कृष्ट आधुनिक शब्द आधुनिक एक नारायण भण्डारी , सर्वोत्कृष्ट आधुनिक संगीतकार राजकुमार बगर , सर्वोत्कृष्ट पप गायिका सन्धा बुढा , सर्वोत्कृष्ट पप गायिका इन्दिरा भट्टराई , सर्वोत्कृष्ट पप गीत शब्द किरण चेम्जोङ , सर्वोत्कृष्ट पप संगीत राजेन्द्र भट्ट, सर्वोत्कृष्ट पप भिडियो निर्देशक असोक विक र पप मोडल पुरुष लोमस शर्माले अर्वाड जिते ।

त्यसतै, सर्वोत्कृस्ट पप गायक रोशन सिंह , सर्वोत्कृस्ट पप गायक जुरी अवार्ड रन्जित लामा , सर्वोत्कृस्ट नव मोडल अभिनय पुरुष ओवि रायमाझी , सर्वोत्कृष्ट नव मोडल अभिनय मोडल महिला साया भण्डारी , नव गायिका आधुनिक भावना आचार्य , जुरी अवार्ड सुस्मिता राई , सर्वोत्कृष्ट लोकदोहोरी नवगायक शिव कार्की , सर्वाधिक लोकदोहोरी नव गायिका सुन्तामी परियार, सर्वोत्कृष्ट काठे गायिका उमा श्रेष्ठ , काठे भाका प्रकाश कटुवाल , सर्वोकृष्ट देउडा गायिका लक्ष्मी आचार्य , सर्वोत्कृष्ट देउडा गायक बैकृुण्ठ महत , सर्वोत्कृस्ट पुर्वेली लोक गायक गंगा प्रसाद घिमिरे , जुरि अवार्ड सिर्जु अधिकारी, सर्वोत्कृस्ट पुर्वेली लोक गायिका सत्यकला राई , सर्वोत्कृष्ट तामाङ सेलो गायक योगेश लामा र सर्वोत्कृस्ट तामाङ सेलो गायिका रेश्मा बोम्जनले अर्वाड हात पारीन ।

प्रतिक्रिया