‘जोन विक’ को ट्रेलर

न्युयोर्क । अमेरिकन एक्सन फ्रान्चाइज ‘जोन विक’ को तेश्रो तथा अन्तिम शृंखला ‘जोन विकः च्याप्टर ३– प्याराबेलम’ को पहिलो ट्रेलर सार्वजनिक भएको छ ।

यस चलचित्रको मुख्य भूमिकामा अभिनेता कियानु रिभ्स रहेका छन् । अघिल्ला दुई शृंखलामा जस्तै यसमा समेत जोनको हत्याका लागि अन्तर्राष्ट्रिय गिरोह नै लागिपरेको दृश्यलाई देखाइएको छ ।

चलचित्रमा कियानुसँगे हेली बैरी, इयान म्याकसेन, मार्क डकास्कोस, लउरेन्स फिसबोर्न, जेरोमी फ्लाइन, एन्जेलिका हुस्टन, एसिया केट डिलोन, लेन्स रेडिक, सेड टागोइ, जेसन मानजुकास, बोबन मारानजोभिक, टोबिस सेगल लगायतका कलाकारको अभिनय छ ।

१७ मेमा रिलिज हुने तयारीमा रहेको यो चलचित्रको पछिल्लो शृंखलाले १७१.५ मिलियन अमेरिकी डलर कमाइ गरेको थियो । पहिलो शृंखलाले भने ८८.७ मिलियन डलर कमाइ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । यो चलचित्रलाई चाड स्थेलेस्कीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया