एभरेस्ट बैंक र पन्जाब बैंकबीच सम्झौता

काठमाडौं । देशका नागरिकलाई एउटै छानामुनि विभिन्न वित्तीय तथा बैंकिङ सेवा प्रदान उद्देश्यले एभरेस्ट बैंकले भारतीय गोरखा सैनिकमा आबद्घ स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पन्जाब नेसनल बैंकसँग एमओयूमा हस्ताक्षर गरेको छ । पन्जाब नेसनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गरेर बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ, समिर बाजपाई महाप्रबन्धक पन्जाब नेसनल बैंक–सरकारी बिजनेस डेभिजनले एमओयुमा हस्ताक्षर गरे ।

नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकहरूले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न सक्नेछन् । त्यस्तै उनीहरूले रक्षक प्लस खाताबाट निशुल्क रेमिटेन्स सुविधा, एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको सह–ब्राण्डेड डेबिट खाता जस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन् । भारतीय गोरखा शैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत रहेको छ । कार्यक्रममा दुवै बैंकका वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो । बैंकले हाल ८६ वटा शाखाहरू, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया