सगरमाथा इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झौता

काठमाडौं । ‘सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायु’ अस्पतालबीच अस्पतालले प्रदान गर्ने सविधाहरूमा छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराइएको भिआइपी कार्ड प्रयोगकर्ताहरूका लागि र कम्पनीका कर्मचारीहरूलाई चिरायु अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा छुट पाउनेछन् ।

उक्त सम्झौतामा सगरमाथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायु अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज वैद्यले स्वास्थ्य उपचार सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

प्रतिक्रिया