कामना सेवा बैंक र सूर्या लाइफबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।

सम्झौता पश्चात् बैंकका ग्राहकहरूले मुलुकभर फैलिएको ६३ वटै शाखाहरूबाट सहज रूपमा सूर्या लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसिहरू खरिद गर्न सक्नेछन् ।

हाल बैंकको ६३ वटा शाखा तथा १७ एटिएममार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । समयसापेक्ष आफ्ना सेवाहरू थप गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया