नेपाल बंगलादेश बैंक र प्रभुमनि बीच सम्झौता

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेड र प्रभु मनि ट्रान्सफर प्रालिबीच विप्रेषण सेवा सम्झौतामा हस्ताक्षर भएको छ, जसअनुसार प्रभु मनि ट्रान्सफरमार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडको आफ्ना शाखाहरूमार्फत भुक्तानी गर्नुको साथै प्रभु मनि ट्रान्सफरमार्फत आन्तरिक विप्रेषण ९पठाउने तथा भुक्तानी गर्ने० कार्य गर्नका लागि सम्झौता भएको छ ।

नेपाल बंगलादेश बैंक लिमिटेडको नेपालभरि ८१ वटा शाखाहरू रहेका छन् । प्रभु मनि ट्रान्सफरको नेपालमा ७५ वटै जिल्लामा ८ हजार वटाभन्दा बढि सब ऐजेन्टहरू छन् । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट प्रमुख व्यवसाय अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायब महाप्रबन्धक रामेश्वर सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया