भूकम्पको आपत्कालीन पूर्वतयारी अभ्यास

सल्यान । सल्यान जिल्ला भुकम्पको हिसाबले उच्च जोखिममा रहेको पाईएको छ । यहाँका अधिकाँस स्थानमा भिरालो जमिन रहेको र ढुङगा,माटोले बनेका घरहरू बढि भएकाले भुकम्पको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिएका छन् ।

 नेपालको पश्चिमी भेगका जिल्लाहरू धेरै भुकम्पको जोखिममा पर्ने भएकाले सल्यान जिल्ला पनी पश्चिमी भुभागमा पर्ने भएकाले भुकम्पको धेरै खतरा रहेका, पहिरोको उच्च जोखिम रहेको प्रजिअ ढकालको भनाई छ । ‘जिल्लामा जतिपनि घरहरू बनाईएका छन, गाउँघरमा बनेका घरहरू माटो र ढुङगाले मात्र निर्माण भएकाले यस्ता किसिमका घरहरूमा जोखिम बढि हुन्छ’, उनले भने ।

सामान्य किसिमको भुकम्पले क्षति नपु¥याए पनि मध्यम खालको भुकम्पले धेरै क्षति हुने भएकाले सामान्य कुराहरूमा ख्याल नगर्दा दुख पाईने हुँदा जोखिमको पहिचान गरी सुरक्षित पुरर्बाधार निर्माण गर्न जरुरी रहेको ढकालको भनाई ।

२१ औँ भूकम्प सुरक्षा दिवस को अवसरमा सल्यानमा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ ढकालले यस्तो बताएका हुन् ।

भुकम्पले क्षति गर्ने भन्दा पनि मानव सृजित संरचनाले बढि क्षति गर्ने भएकाले भौतिक संरचना निमार्ण गर्दा भुकम्प प्रतिरोधी निमार्ण गर्नु पर्नेमा उनले जोड दिए । सल्यान पनि भुकम्पको उच्च जोखिममा रहेकाले भौतिक संरचना निमार्ण गर्दा ध्यान दिनु पर्ने बताए । भुकम्पमात्र नभएर बाढि, पहिरो, जस्ता अन्य जोखिमबाट बच्नपनि मानविय सम्वेदना आवश्यक रहेको प्रजिअ ढकालको भनाई छ ।

भुकम्प आएको समयअवधि भर र भुकम्प गएपछिको अवधीमा कसरी सुरक्षित रहेन भन्ने विषयमा शशस्त्र प्रहरी वल सल्यानले आपत्तकालिन पुर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अभ्यास समेत गराएको छ ।सल्यान भुकम्पको उच्च जोखिममा रहेको तथ्यांकहरू बाहिर आइरहदा शसस्त्र प्रहरीले भुकम्प आइहाले कसरी सुरक्षित हुने र सुरक्षित हुने उपायका बारेमा अभ्यासको माध्यमबाट प्रर्दशन गरिएको शशस्त्र प्रहरी बल सल्यानका प्रमुख विमल डाँगीले बताए ।

खोज तथा उद्दार, प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य ज्ञान प्रदान गर्नका लागि कृत्रिम पुर्व अभ्यास गराइएको उनको भनाई छ । विपद्का घटना जहाँ र जतिवेला पनि हुन सक्ने भएकाले कृत्रिम अभ्यासको माध्यमबाट आम सर्वसाधारणलाई सिकाउन प्रर्दशन गरिएको शसस्त्र प्रहरी प्रमुख डाँगीले बताए ।

‘विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार ’ भन्ने नारासहित जिल्ला प्रशासन कार्यलय सल्यानको आयोजनमा ¥याली सहित बजार परिक्रमा गरि जिल्ला समन्वय समितीको हलमा पुगेर कार्यक्रम गरियो ।

प्रमुख जिल्ला अधिकारी कमल राज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारीको प्रमुख आथित्यता रहेको थियो भने पुर्बसांसद नेत्रलाल श्रेष्ठको बिशिष्ट आतिथ्यता सम्पन्न कार्यक्रममा भुकम्पका बारेमा कार्यक्रपत्र प्रस्तुत गर्नुका साथै भुकम्प बाट बच्ने उपायका बारेमा जानकारी गराईएको थियो ।

प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीको स्वागत मन्तब्य रहेको कार्यक्रममा विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधि, राजनतीक दल संघसस्थाका प्रमुख तथा प्रतिनिध पत्रकार,सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया