चितुवाको आक्रमणबाट बालक घाइते

बैतडी । पछिल्लो केहि समय यता बैतडीको स्वाराड क्षेत्रमा चितुवा शान्त भएको भनि स्थानिय हर्षित भएका थिए ।

तर फेरि शिवनाथ गाउंपालिकामा चितुवाको आक्रमणबाट एक बालक घाईते भएका छन् । विद्यालय जानेक्रममा वुधवार विहान शिवनाथ गाउंपालिका–. ६ वशेणीका ११ वर्षीय रविन्द्र धनाडीलाई चितुवाले आक्रमण गरेको हो । साथीहरू संगै विद्यालय जांदै गरेका रविन्दलाई एक्कासी चितुवाले आक्रमण गरेको र साथीहरूले हो–हल्ला गरेपछि चितुवा भागेको स्थानीय गम्भीर दयालले बताए ।

घाईते रवीन्द्रको टाउकोमा चोट लागेको छ भने उनंको केशरपुर स्वास्थ्य केन्द्रमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । घाईते बालक शनेश्वर माद्यमिक विद्यालय मडमा कक्षा ५ मा अध्यायनरत थिए ।

विद्यालय जानेक्रममा बालबालिकाहरूलाई चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय अभिभावक चिन्तित वनेका छन् । अहिलेसम्म चितुवाले स्वाराडमा २२ जाना भन्दा वढिको ज्यान लिईसकेको छ । भने धेरै जाना घाईते बनाएको छ ।

प्रतिक्रिया