४५ छाउगोठ भत्काइए

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाको वडानं ४ मा आज ४५ वटा छाउपडी गोठहरू भत्काईएका छन् ।

पीसविन बाजुरा केअर नेपालको साझेदारीमा सञ्चालित न्यायमा पहुच परीयोजनाको आर्थिक सहयोग र बुढीनन्दा नगरपालिका–ं ४ को आयोजनामा साविकको कोल्टी गाविस–  ७ का ४५ वटा छाउगोठहरू भत्काईएका हुन । बुढीनन्दा नगरपालिका– ४का अध्यक्ष राजनकुमार रोकाया, समाजसेवी बिश्या रोकाया, पीसविन बाजुराकी सामाजिक परीचालक मालती रोकाया, महिला रिफेलेक्ट समुहकी अध्यक्ष तुल्की रोकाया लगायतको संयुक्त टोलिले जुल्फिे धामीको छाउगोठबाट सुरुवात गरी साविकको ७ नं भरीका उक्त छाउगोठहरू भत्काइएको वडाअध्यक्ष राजनकुमार रोकायाले जानकारी दिए ।

साविकका कोल्टीका ५ र ६ वडाका बाकीँ रहेका छाउगोठहरू पनि यहि माघ महिनाभित्रै भत्काईने र वडाभरी रहेका छाउगोठहरू पूर्णरूपमा नभत्काय सम्म यो अभियान जारी रहने जनाइएको छ । महिनावारी भएर महिला दिदीबहिनीहरू घर भन्दा अलग सुत्नाले धेरैले अकालमा ज्यान गुमाउनुका साथै बिभिन्न हिंसाका घटनाहरूको सिकार हुनेहुदा यि घटनाहरूको मध्यनजर गरी नगरपालिकाले वडा कार्यालयहरूलाई सो निर्देशन दिईएको हो ।

नगरपालिकाको हिजो बसेको सर्वपक्षिय बैठकले दश दिन भित्र नगरपालिका भित्रका दशवटै वडामा रहेका छाउगोठ भत्काएर सुरक्षित कोठामा बस्ने व्यवस्था मिलाउने निर्णय गरेसंगै आज ४ नं वडाबाट छाउगोठ भत्काउने अभियानको सुरुवाति गरीएको बताईएको छ । गत पुस अन्तिम साता बुढीनन्दा नगरपालिका–९ अंगाउपानिमा स्थानीय छाउँगोठमा आमा छोरासहित तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया