ग्लोबल बैंक र इक्यानबीच सम्झौता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघले सोमबार बसेको १३औँ वार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरे ।

नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठूलो गुणस्तरीय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरूको छाता संगठन हो । यस सम्झौताअनुसार ग्लोबल आइएमई बैंक लि.ले नेपाल शैक्षिक परामर्श संघसंग आबद्ध कन्सल्टेन्सीहरूको सिफारिसमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिनभित्र बैंकले शैक्षिक कर्जासम्बन्धी निर्णय गर्नेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, ११७ शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि र सम्पर्क कार्यालयमाफर्त आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया