दयालुको ‘दुई किनार’

काठमाडौं । नेपाली गीत संगीतका क्षेत्रमा क्रियाशील गायक तथा संगीतकार सूर्य दयालुको ‘दुई किनार’ गीत सार्वजनिक भएको छ । दयालुको स्वर र संगीतमा रहेको यो गीत राजधानीमा मंगलबार सार्वजनिक गरिएको हो ।

बासु बराइलीले लेखेको यो गीतलाई गणेश चौधरीले एरेन्ज गरेका छन् । गीतको भिडियोमा सारा श्रेष्ठ र जीवन भट्टराईलाई फिचरिङ गरिएको छ । जीवन शाहीको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन, निशान घिमिरेले सम्पादन गरेका छन् ।

०५४ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेर सांगीतिक क्षेत्रमा लागेका गायक तथा संगीतकार दयालुले थुप्रै आधुनिक गीतमार्फत स्रोता/दर्शकको मन जितेका छन् । उनले भने, ‘दुई किनार गीत निक्कै राम्रो बनेको छ ।

यसको भिडियोसमेत त्यतिकै राम्रो बनेको छ । योे भिडियोलाई दर्शक÷स्रोताले मनपराई दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’  तीन सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिएका सूर्यले थुप्रै चलचित्रका गीतमा पनि संगीत दिएका छन् । नेपालीबाहेक भोजपुरी, मैथिली भाषाका गीतमा उनको संगीत सुन्न सकिन्छ ।

प्रतिक्रिया