यही हिउँदमा सिर्जुको ‘ब्याण्ड बाजा’

काठमाडौँ । गायिका सिर्जु अधिकारीको नयाँ गीत ‘ब्याण्ड बाजा’ सार्वजनिक भएको छ । गायिका अधिकारीको आफ्नै एकल आवाजमा रहेको उक्त गीतमा उनकै शब्द सृजना तथा संगीतसमेत आफैले भरेकी छन् ।

डान्सीङ एवं र्याप स्टाइलमा रहेको सोहि गीतमा आरज केशवले र्याप दिएका छन् भने केशव बडुले संगीत संयोजन गरेका हुन् । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियो निर्देशन तथा कोरियोग्राफर शिव बिकले गरेका छन् । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको सोही भिडियो बिशाल ज्ञवालीले सम्पादन गरेका छन् ।

दाङ जिल्लामा जन्मिएकी गायिका अधिकारीले लोकदोहोरी देखि सांगीतिक क्षेत्रका विभिन्न खालका गीतमा आवाज दिनुका साथै दर्जनौं म्युजिक भिडियोमासमेत अभिनय गर्दै आएकी छन् । त्यस्तै गीत सृजनादेखि पछिल्लो समयमा संगीत भर्नामा पनि पोख्त रहँदै आएकी अधिकारीले आफुले गाएक अहिलेसम्मकै गीत मध्ये यस गीत फरक धारमा तयार गरिएर बजारमा उतारेको जिकिर गरिन् ।

सोही गीतमा गायिका अधिकारी आफै र रबिन्द्र प्रताप सेनको अभिनय रहेको छ भने अधिकारीको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । फरक प्रविधि र समयको माग अनुसार यस गीत बेग्लै किसिमको भएकोले दर्शक स्रोताको रोजाइमा पर्छ भन्ने आफु पूर्ण विश्वस्त रहेको अधिकारीले दाबि गरिन् ।

प्रतिक्रिया