सनिशा बनिन् मिस लिटिल नेवाः

काठमाडौं । नेप्लिज फेसन होमले आयोजना गरेको ‘मिस लिटिल नेवाः ११३९’ उपाधि सनिशा लगेजुले हात पारेकी छन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सनिशाले उपाधिसहित नगद तथा विभिन्न उपहार प्राप्त गरिन् ।

प्रतियोगितामा लुस्वा मानन्धरले फस्ट रनरअपका साथमा मिस सोसल एम्बेसडर प्रमुख, सेलिना प्रजापतिले सेकेण्ड रनरअप तथा अन्वेषा कर्माचार्यले थर्ड रनरअपको उपाधि पाएका छन् । प्रतियोगितामा पलिस्ता नापितले फोर्थ रनरअपको उपाधि जितिन् । पलिस्ताले मिस फ्रेन्डसिपको टाइटल अवार्ड समेत हात पारिन् ।

नेवारी भाषा, कला तथा संस्कृतिलाई जगेर्ना गर्दै नयाँ पुस्तालाई मौलिक संस्कृतिप्रति जागरुक बनाउन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।  उक्त प्रतियोगितामा बियंका खड्का ताम्राकारले मिस ट्यालेन्ट, युशिका अमात्यले मिस पर्सनालिटी, रेवती महर्जनले मिस कल्चर, जेनिशा बज्राचार्य र दृष्टि श्रेष्ठले बेस्ट हेयर, हिमानी प्रधानले मिस इनोसेन्ट, सफलता श्रेष्ठले बेस्ट नेपाल भाषा, उन्नति प्रधानले मिस फ्रेन्डसिप, कृपा स्वङ्निखा र बिनिभा सुवालले मिस फोटोजेनिक, अन्वेषा कर्माचार्यले मिस सोसल एम्बेसडर प्रमुख, रिया श्रेष्ठले मिस चार्मिङ, रेहा रञ्जितले मिस डिसिप्लिन, अदिति विरबलले बेस्ट स्माइल तथा अनुष्का श्रेष्ठले मिस क्युट तथा बेस्ट स्किनको उपाधि हात पारेका छन् ।

पूर्वप्रधानमन्त्री गोपालमान श्रेष्ठका प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा उद्योगी प्रदिपमान प्रधान, मिस नेवाः एञ्जल श्रेष्ठ, कराते खेलविज्ञ सिहान अशोककुमार श्रेष्ठ, नमुना फेसन कलेजका जिबेश्वरलाल श्रेष्ठ तथा संगीतकार जुगल डंगोल निर्णायक रहेका थिए ।

प्रतिक्रिया