२६ जुलाईमा ‘सुपर ३०’

एजेन्सी, मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन अभिनीत चलचित्र ‘सुपर ३०’ जुलाई २६ मा रिलिज हुने भएको छ । ऋतिकले शनिबार ट्वीट गर्दै सोको जानकारी दिएका छन् । चलचित्रमा भारतीय गणितिज्ञ आनन्द कुमार तथा उनको कोचिङ कार्यक्रममा आधारित रहेको छ ।

विकास बहलले निर्देशन गरेको उक्त चलचित्रले समाजमा उदाहरणीय काम गर्ने जोकोहीलाई प्रोत्साहन दिनुपर्ने सन्देश दिएको निर्माण पक्षको दाबी छ । चलचित्रमा आनन्दले ३० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ‘इन्डियन पब्लिक सर्भिस’ अफिसको तयारीका लागि गराएको कोचिङलाई कलात्मक रूपले उठान गरेको बताइएको छ ।

प्रतिक्रिया