गोपाल सेवा समितिको उपत्यका कार्यसमिति गठन

काठमाडौं । नेपालकोसम्पूर्ण यदुवंशीहरुको एकता गर्ने उदेश्यका साथगोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरिएको छ । शनिबार संघीय राजधानीमा एक समारोहबीचगोपाल सेवा समितिले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका विभिन्न पेशाका यदुवंशीहरुको उपस्थितीमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

शनिबार सम्पन्न भेलाले चयनगरिएको २१ सदस्यीयकार्यसमितिको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः कमलकुमार यादव, मञ्जुकुमारी यादव र विजययादव छन् । यसैगरि, कोषाध्यक्षमा अम्बिका यादव, सह–कोषाध्यक्षमा राजेश यादव, सह–सचिवमा सुजितकुमार यादव, महिला सदस्यहरुमा अञ्जुला यादव र सुनिता कुमारी यादव रहेका छन् । सदस्यहरुमा नन्दकिशोर यादव, एम.पी यादव, सुशिलकुमार यादव, शिवशंकर यादव, अरुण कुमार यादव, सुक्देव यादव रहेका छन् ।

त्यसैगरि सल्लाहकारहरुमा श्याम किशोर यादव, विनोद कुमार यादव, उमेश यादव, सत्यनारायण यादव र राजेश कुमार यादव रहेका छन् । स्वास्थ तथा जनससंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवद्वारा नयाँ कार्यसमितिको पदभार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पेशामा आवद्ध रही उपत्यकामा बसोवास गर्दै आएको १ सय ५० भन्दा बढि यदुवंशीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम पूर्वमन्त्री डा.डम्बरनारायण यादव, डा.सुरेन्द्र यादव र रेखायादवको उपस्थितीवीच गोपाल सेवा समितिको केन्द्रिय अध्यक्ष कौशल यादवको सभापतित्वमा सम्पन्न भएको छ ।

प्रतिक्रिया