सैनिक नभई उपकरणहरू फिर्ता गर्ने

वासिंगटन । संयुक्त राज्य अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरू फिर्ता गर्न लागेको जनाएको छ । यसअघि अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरू नै फिर्ता गर्न लागेको बताइएको थियो ।

तर, पनि अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने निर्णय गरेको हो । अमेरिकाको प्रतिरक्षा मन्त्रालयका एकजना अधिकारीले भनेका छन्, अहिलेका लागि हामी सैनिक फिर्ता गर्दैनौँ तर पनि केही औजार, उपकरण या सामग्रीहरू भने फिर्ता गर्ने तयारी थालेका हौँ ।

तर, पनि सैनिक भने कहिलेदेखि फिर्ता गर्ने भन्ने विषयमा केही खुलाइएको छैन । ती अधिकारीले त्यहाँबाट सैनिकसँग सम्बन्धित नभई अन्य उपकरण र औजारहरू फिर्ता गर्ने प्रक्रिया भने सुरु भइसकेको जनाएका छन् ।

गत आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्ने बारेमा केही सर्तहरू राखेका थिए । उनले ती सर्त पूरा भएपछि मात्र सिरियाबाट सेना फिर्ता गर्ने बरेमा सोचिने जवाफ दिएका थिए ।

तर, सैन्य नभए पनि अमेरिकाले त्यहाँ राखेका अरू उपकरणहरू भने यसै हप्ताबाट सुरु गरिने जानकारी उनले बताए । यनले त्यसो भनिरहँदा उता सैनिक प्रवक्ताले भने अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने तयारी छिट्टै थाल्ने बताएका थिए ।

शुक्रबार राती पेन्टागनका प्रवक्ता कमान्डर सिन रोबर्टसन्ले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्ने बारेमा सहमति गरिसकेको तर कहिले भन्ने बारेमा कुनै निर्णय भई नसकेकोले सरकारको निर्णयअनुसार व्यवस्थित रूपमा सेना फर्काइने बताए ।

उनले भनेका छन्, ‘यो हामीले मात्र गरेर हुँदैन र सिरियामा हामीलाई साथ दिइरहेका देशहरूसँग पनि आवश्यक परामर्श र सल्लाह गरेर फिर्ता गर्ने निर्णय हुनेछ ।’

उनले अबका केही दिनमा सिरियाको वास्तविकता हेरेर शान्ति सुरक्षा या अन्य कारणले के कति सेनाको आवश्यकता पर्छ भन्ने बारेमा विश्लेषण गरेर मात्र सेना फिर्ता गर्ने बारेमा निर्णय गरिने उनले बताएका छन् ।

यसरी फिर्ता गरिने सामग्रीमा अमेरिकाले त्यहाँ लगेका गैरसैनिक सहयोगका उपकरण तथा सामग्रीहरू, गैरसैनिक र आवश्यक नरहेका कर्मचारीहरू पनि त्यहाँबाट फिर्ता गरिनेछ ।

अमेरिकाले विशेषगरी सिरियाको उत्तरपश्चिमी क्षेत्रका रेमिलान र हासाकेह प्रान्तमा बढी मात्रामा सैनिक राखेको छ । ती क्षेत्रमा सिरियाली सरकारी समर्थक समूह, सिरियाली सैनिक र आइएस समर्थनको मुस्लिम जिहादी समूहको बढी प्रभाव रहेको छ ।

सोही कारणले त्यहाँका सरकार विरोधी समुदाय र नागरिकको सुरक्षा र संरक्षणका लागि अमेरिकी नेतृत्वमा केही देशले त्यहाँ सेना पठाएका छन् । अमेरिको नेतृत्वमा स्थापना भएको सिरिया सहयोग समूहका तर्फबाट त्यहाँ सेना पठाइएको छ ।

ती सैनिकले ती क्षेत्रमा विशेषगरी सिरियामा त्यहाँका राष्ट्रपतिको बहिर्गमनको माग राखेर आन्दोलन गरिरहेको विपक्षी समूहहरूको संरक्षण तथा इस्लामिक जिहादीहरूका विरुद्धमा कारबाही गर्ने गर्दछ ।

प्रतिक्रिया