०५४ सालमा तत्कालीन एमाले गरी माले बनाएका वामदेव गौतम, माओवादीबाट अलग भएर वैद्य समूहमा लागेका रामबहादुर थापा र माओवादीमा प्रवेश गरी पार्टीको उच्च पदमा रहि पार्टी र सरकारको रसद चाखिरहेका नारायणकाजी श्रेष्ठ जस्ता नेताहरूमा देखिएको असन्तुष्टिले नै आज नेकपा भित्र विभिन्न खालका संक्रमण भित्र्याउने कार्य भएको छ
हालै मात्र प्राविधिक रूपम एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखापरेको वैचारिक, राजनीतिक एवं कार्यक्रमिक गठजोड व्यवहारमा भ्यागुत्ताको धार्नीको अवस्थातीर उन्मुख हुने संकेत देखिएको छ । नेपालको राजनीतिकमा यसले देखाएको संकेत सरकार र पार्टी सञ्चालनमा देखा परेका असहजताले नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रतिगामी शक्तिको राप र स्रापले गाँज्दै र पिरोल्दै ते छैन भन्ने शंकास्पद बनादिएको छ ।
कुनै पनि पार्टी एक हुनका लागि विचार, सिद्धान्त अनि कार्यशैलीमा एकरूपता हुन जरुरी छ । जहाँ पार्टीका दर्शन र कार्यशैली फरक हुन्छ त्यो पार्टी जतिसुकै बलियो छ भने पनि भ्यागुत्ताको धार्नीमा परिणत भएरै जान्छ । त्यो उदारण संसारका धेरै देशहरूमा लागू भइसकेको छ । नेपालको इतिहासमा पनि ०४८ सालपछि अस्तित्वमा आएका नेपालका अधिकांश राजनीतिक दलहरू त्यस रोग र प्रवृित्तले संक्रमित भई थला पारेका छन् ।
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी, नेकपा माओवादी वैद्य समूह, विप्लव, मधेसवादी दलहरूदेखि संसद्मा पुगेका वा पुगेका दलहरूले समेत विभाजनको पीडा भोगिसकेका छन् । विभाजनको पीडाले दलहरू आत्म आलोचनासहित एक हुन पुगे । कोही जुटेका छन्, कोही फुटेका छन् । एकता के का लागि ? फुट के का लागि भन्ने कुराको न्यायोचित कारण न जनतालाई दिन सकेका छन् न कार्यकर्तालाई । मिल्दा नेतृवले सुटुक्कै मिल्ने गरेका छन् ।
सुटुक्कै मिलेकाहरू जनता र कार्यकर्ताहरूको चाहनाविपरीत एकता भइसकेपछि फुटको पुरानो घाउहरूलाई बल्झाउने र निहीत स्वार्थलाई माथि राखेर जनताको भावनामाथि आघात पुगाउने कार्य गर्दैछन् । जनताको भावनामाथि आघात पुर्याउने र व्यक्तिगत स्वार्थमा लागेर शक्तिको दुरूपयोग गर्दै देशमा अस्थिरता सिर्जना गर्ने देशीय र विदेशी दुवै शक्ति लागिपरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा सबैभन्दा ठूलो समस्या सत्तारुढ नेकपामा देखा परेको छ । नेकपाभित्र हावी भएका दुई तत्वहरूका कारण सरकार सञ्चालनमा ठूलो समस्या देखिएको छ ।
०५४ सालमा तत्कालीन एमाले गरी माले बनाएका वामदेव गौतम, माओवादीबाट अलग भएर वैद्य समूहमा लागेका रामबहादुर थापा र माओवादीमा प्रवेश गरी पार्टीको उच्च पदमा रहि पार्टी र सरकारको रसद चाखिरहेका नारायणकाजी श्रेष्ठ जस्ता नेताहरूमा देखिएको असन्तुष्टिले नै आज नेकपा भित्र विभिन्न खालका संक्रमण भित्र्याउने कार्य भएको छ ।
केही दिनअघि स्थायी समिति बैठकमा नारायणकाजीले प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि देखाउँदै बैठक बहिष्कार गरेपछि समस्या सुरु भएको देखिन्छ । मंसिर २२ को सचिवालय बैठक बिनाकारण बहिष्कार गरेर हिँडेका चार नेतामध्येका एक वामदेव गौतमले शनिबारबाट सुरु भएको स्थायी कमिटीकोे बैठकमा अध्यक्षद्वय ओली र दाहालको राजनीतिक प्रतिवेदनलाई चुनौती दिँदै प्रतिवेदन पेस गरे । यसले नेकपाभित्र हलचल पैदा ग¥यो । त्यसपछि सरकार सञ्चालनमा त्रुटि देखाउने काम पार्टी भित्रबाट भयो त्यो पार्टीको आन्तरिक आचार संहिताभित्र पर्छ की पर्दैन ?
प्रधानमन्त्री ओली युरोपको भ्रमणमा रहेका वेला वरिष्ठ नेता माधवकुमार नेपालले संसद्मा सरकारको खुलेरै विरोध गरे । सरकार पार्टीको निर्देशन बाहिर गएको, अनुशासन तोडेको, गुटगत रूपमा अघि बढेको जस्ता आरोप उनले बगाए । यस्तै, अर्का अध्यक्ष दाहालले सरकारले गेर बढाएर दु्रतमार्गमा हिँड्छ भन्दै कार्यकर्तालाई ढुक्क हुन ढाडस दिए ।
उता निर्मला हत्या काण्डलाई विपक्षी दल नेपाली कांग्रेसले प्रमुख मुद्दा लाँदै छ । यस्तै डा.गोबिन्द केसीले जुम्लामा बसेको अनशनलाई प्रमुख विषय बनाउने सोचमा बिराम लागेपछि कांग्रेसले पुनः निर्मला हत्या प्रकरणलाई बलियो ढंगबाट समात्यो उक्त मुद्दा अहिलेसम्म किनारा लागेको छैन । नेकपाका अध्यक्ष केपीले गृहप्रशासन प्रभावकारी नभएको भन्दै अर्का अध्यक्ष दाहालसँग आन्तिरक छलफलसमेत गरे ।
तर, अध्यक्ष दाहालका लागि गृहमन्त्री थापा घाँटीमा अड्केको तातो खीर बने । सरकारबाट फिर्ता बोलाउँ केही समय अघि वैद्यसँग एक जथ्था कार्यकर्तासहित पार्टीमा सामेल भएका उनी विप्लव तीर लाग्लान् र अल्पमतमा परिएला भन्ने डरछ ।
यस्तै, बर्दियाबाट निर्वाचनमा आन्तरिक घात गराएर निर्वाचन हराएको, सरकारमा नलगेको भन्दै वरिष्ठ पदमा उक्लिन दाउपेच गरिरहेका वामदेव गौतमका कारण पनि नेकपामा वेला वेलामा असन्तुष्टिका विष वमनहरू हुने गरेका छन् । पार्टीको भावी अध्यक्ष वा प्रधानमन्त्री बन्ने दाउमा रहेका वरिष्ठ नेता माघवकुमार नेपालले कसरी ओलीलाई विस्थापित गरी पार्टीको बागडोर हातमा पार्ने दाउमा छन् ।
पार्टीको सबै संरचनाले एकताको पूर्णता नपाइसकेको वेला वामदेव, केपी र माधवलाई कमजोर बनाएर पार्टीमा कसरी हावी गर्ने र सत्तामा गएर दुईतिहाइको बलमा संविधान संशोधन गरी कार्यकारी राष्ट्रपति बनी लामो समय सत्ताको रसद लिने भन्नेमा देखिन्छन् अर्का अध्यक्ष दाहाल । यस्तै, आन्तरिक स्वार्थका कारण आज नेकपा भित्र ठूलो समस्या देखिएको छ ।
देशी विदेशी शक्ति नेपालमा कम्युनिस्ट सरकार बलियो भएको देख्न चाहाँदैन । चीन र सिमा जेडिएको नेपालमा कम्युनिस्टको सरकार रहि रहे भारत र चीन विरोधी गतिविधी गर्न गाह्रो हुने भएकाले दक्षिणपन्थी र पश्चिमा शक्ति नेपालमा कम्युनिस्ट सरकार नरहोस् भन्ने चाहन्छ । यो नेपालको बाह्य समस्या हो ।¬
नेपालीमा उख्खान छ, ‘भाइ फुटे ग्वाँर लुटे’ नेकपा भित्रको झगडालाई दलका शीर्ष नेताहरूले स्वार्थ त्यागेर झिनामसिना कुरा भुलेर व्यवस्थापन गरी पार्टी एकताको सन्देश दिन सक्दैनन् तबसम्म पार्टी बलियो नभई कमजोर हुन्छ र यसको फाइदा कांग्रेसले लिने छ
आज आफ्नै सरकारका विरुद्ध नेताहरू प्रतिपक्ष सरह विष वमन गरिरहेका छन् । पार्टी र सरकारका बिचमा तालमेल नहुँदा केही पार्टीलाई जनताबाट अलग बनाउने मिशनमा लागेका छन् । सरकारलाई असफल बनाउन चौतर्फी आक्रमण भएको छ । त्यसलाई सत्तासीन दलबाटै प्रतिरक्षा भएको छैन । नत सरकारले गरेका राम्रा कामका बारेमा जनतामा सन्देश पुर्याइएको छ ।
यस्तै, कारण नेकपा बीच समुन्द्रमा तैरिरहेको ढुंगा जस्तै बनेको छ । एकतावद्ध भएर राजनीतिलाई सुरक्षित गन्तव्यमा पु¥याउनुपर्नेमा आपसमा देखिएको वैमनष्यताले डुंगा बीच समुन्द्रमा त डुब्ने होइन भन्ने खतरा बढेर गएको छ । डुंगा डुब्दा त्यसमा सबार सबै शिकार हुन्छौं भन्नेसमेत आंकलन नभएका नेतात्रयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वस्तुस्थितिको आंकलन गरेको देखिँदैन ।
नेपालीमा उख्खान छ, ‘भाइ फुटे ग्वाँर लुटे’ नेकपा भित्रको झगडालाई दलका शीर्ष नेताहरूले स्वार्थ त्यागेर झिनामसिना कुरा भुलेर व्यवस्थापन गरी पार्टी एकताको सन्देश दिन सक्दैनन् तबसम्म पार्टी बलियो नभई कमजोर हुन्छ र यसको फाइदा कांग्रेसले लिने छ । कांग्रेस यति वेला ‘के निहुँ पाउँ कनिका बुकाँउ’ भन्ने दाउमा भएको कुरा नेतृत्वले बुझनु पर्छ ।
नेकपाभित्र र सरकार सञ्चालनमा देखा परेका विविध समस्याका कारण प्रतिक्रियावादीहरू सलबलाउँदै छन् । दहरूले हिजो नेपालको स्वतन्त्रता, समुन्नति र विकासविरोधी राजसंस्था हो भन्दै जनतालाई राजतन्त्रविरुद्ध उतारे । जनता प्रहरी, सेना र राजाकाविरुद्ध जाई लागे । देशमा लोकतन्त्र हुँदै गणतन्त्र आयो । जनताको बलले पाखा लागेका दरबारिया, प्रतिगामी तथा पुर्नरुथ्थानवादी शक्तिहरू फेरि राजा आउ देश बचाउ भन्दै हिँडेका छन् ।
राजनीतिक लडाइले उनीहरूको मनोबललाई बलियो हुँदैछ । त्यसमा नेकपाको साथै कांग्रेसको आन्तरिक झगडाले बल पुर्याउँदै छ । त्यसैले कांग्रेसले सरकारका राम्रा काममा सहयोग गर्ने र रचनात्मक प्रतिपक्षको भूमिकामा रहनु आवश्यक छ ।
नेकपाको एकता प्रक्रिया भित्री रूपले संस्थागत रूप लिन सकिरहेको छैन । स्थानीय निकायको निर्वाचनमा थला परेको माओवादीले प्रदेशसभा र प्रतिनिधिसभामा एमालेसँग लिएको शक्ति सापटीबाट टुसा पलाएको राजनैतिक हैसियतलाई पार्टी एकतामा जाँदा ६० र ४० को जव मोलमोलाई गर्यो ।
त्यसको उचित व्यवस्थापन गर्न नसक्दा अहिले पार्टीका सदस्यहरू प्रदेश, केन्द्र, जिल्ला र स्थायी समिति हुँदै पार्टीको सचिवालयमा पुग्दा र पुर्याइँदाको परिणामले पनि नेकपाको सरकार र पार्टी एकतालाई ठूलो असर पुगिरहेको छ । पछाडि पारिएका र परेका कार्यकर्ताहरू दुवैतीरबाट सरकारलाई धारे लगाउँदै छन् । कोही सत्तामा पुग्न नपाएको रिस पोखिरेका छन् भने कोही पार्टीमा नसमेटिएको झोंक फेरिरहेका कारण पनि सरकारलाई ठेंस पुगिरहेको छ ।
नेकपाको सरकार छ । सरकार र पार्टीको नेतृत्व गरिरहेका ओलीको नियोजित विरोध भइरहेको छ । पार्टीका नेता वामदेव गौतमले स्थायी समितिमा पेस गरेको प्रतिवेदन र सचिवालय बैठक छाडेर हिँडेका मध्ये नारायणकाजी श्रेष्ठ बाहेक, माधवकुमार नेपाल र झलनाथ खनालको समर्थन रहेको नेकपाका नेताहरू स्वयं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध घेराबन्दीमा लागेका नेपाल, खनालकै इसारामा गौतमले प्रतिवेदन पेस गरेको पनि आशंका व्यक्त गरिएको छ ।
०५४ सालमा नेकपा एमालेलाई विभाजन गरेका गौतम कम्युनिस्ट आन्दोलनको एकतामा फेरी खलनायकी देखाउने हुनकी भन्ने आशंका पार्टीभित्रै गरिन थालेको छ । पार्टीभित्र बढी महत्वाकांक्षी पद र प्रतिष्ठाका लागि पार्टीसमेत फुटाउन सक्ने गौतमले दाहाल, नेपाल र खनालको गोटी बनेर पार्टीको साथै कम्युनिस्ट पार्टीलाई नै तहसनहस पार्ने हुन्कि भन्ने चिन्ता बढ्नुलाई अन्यथा लिइँदैन ।
तर, जुन समयमा फरक दस्तावेज पेस भएको छ, त्यो स्वाभाविक छैन । पार्टीको नेतृत्वमा सरकार गठन भएको नौ महिना भएको छ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमको घोषणा सँगसँगै विस्तारै गति लिन थालेको अवस्थमा एक ढिक्का भएर जान छोडेर अलग समूह खडा गर्नु पार्टी एकता वास्तविक अर्थमा सम्पन्न नभएकै हुनेछ । एकातिर पार्टी एकता ढिलो भयो भन्ने अर्कोतिर पाटीभित्रै वैधानिक गुटबन्दी गर्नु विरोधाभाषपूर्ण हुनेछ ।
नेकपा भित्रको असन्तुष्टि र सरकार सञ्चालनमा देखिएका विविध समस्यालाई तत्काल हल गर्दै बहुमतको वाम सरकारले गुमाउँदै जान थालेको साखलाई संरक्षण गर्ने दायित्व, नेता, नेतृत्व, पार्टी कार्यकर्ताहरूको भएकाले नेपाल कम्युनिस्ट पार्टीले गम्भीर समीक्षा गर्दै पार्टी र सरकारलाई जनउत्तरदायी बनाउन सक्नुपर्दछ ।
प्रतिक्रिया