आजको आवश्यकताः क्षमताको प्रशंसा गर्ने परिपाटी

भूमिसुधार आयोगको अध्यक्ष हुँदा बडालजीले कहिलेकाँही बिहानको खाना १० बजे राति पनि खानुभयो । आयोगका सबै सदस्यहरूले बैठक भक्ता नलिई काम गरे । यो दृष्टान्त नेपालमा अर्को नहोला । बनेपा– सिन्धुली राजमार्गसम्बन्धी विभिन्न हल्ला बाहिर आए पनि आज जुन रूपमा बनेपा– सिन्धुली–बर्दिवास सडक सञ्चालनमा छ त्यसमा पनि बडालकै योगदान देखिन्छ । यस्ता ऐतिहासिक कामहरूको प्रशंसा गर्ने परिपाटी सम्बन्धित निकायहरूले बसाल्नुपर्दछ ।

कवि, लेखक, उपन्यासकार, संगीतकारहरूको रचना र सिर्जनाको प्रभावले मान्छेको मनमा उनीहरूप्रति श्रद्धा र सद्भावना उमार्ने गर्दछ । मेरो हृदयको कुनै कुनामा त्यही प्रतिभाहरूको कोमल भावना वास लिएको छ । निर्मल बर्माको ‘वे–दिन’ र डोमोरासको‘नेभर एट होम’ पढ्दा मेरा कयौंपटक आखा आँशुले भिजेको छ । यसपटक जब इमानको इन्द्रेणी पढे त्यस्तै भयो । सत्य र यर्थाथ व्यवहार र कामले मान्छेको मन छुन्छ ।

त्यसरी नै इमानको इन्द्रेणीले मेरो मन छोएको छ । श्रद्धा र आदरको कोकोमेन्दो (स्वच्छ र सफाफुल) केशव बडालमा यो लेखमार्फत अर्पण गर्दछु । र अनिल पौडेलमा पनि धन्यवाद टक्रयाउँछु । उहाँलाई यस कारण कि अनिल पौडेल नभएको भए सायद बडालज्यूले गर्नुभएको असल कामको जनमानसका लागि जानकारी हुँदैन थियो । र आमनागरिकमाझ उहाँको पनि साधारण नेताको मात्र परिचय कायम हुन्थ्यो होला । तर, अनिल पौडेलजीले बडालजी को इन्द्रेणी रंगमा सहि देख्नुभयो र त्यो रंग हामीजस्ता पाठकले पनि अनुभूति गर्न पायौँ ।

बडालज्यू आफैँले लेख्नुभएको भए इन्द्रणीको सप्तरंगी अझ कलरफुल हुने थियो । माओ, सुकार्नो, जवहारलाल नेरु, बिपीहरूको आफैँद्वारा लिखित आत्मकथाको बेग्लै स्वाद छ । बडालज्यूका समकालीन नेताहरू प्रायः सबैले पञ्चायतकालीन कालरात्रीको समयमा धेरै दुःख कष्ट भोगिसकेका छन र नै आज एकछत्र कम्युनिस्ट सरकार बनेको छ नेपालमा । बडालज्यूको पार्टीप्रति इमान्दासरता, कामप्रतिको लगनशीलता सम्पर्क विस्तार र खोज, अनुसन्धान, अध्ययन, विश्लेषण गरी थालेको कामलाई सही निष्कर्षमा पु¥याउने गुण, दक्षता साच्चै अनुकरणीय छ ।

यस्ता इमान्दारीपूर्वक जनहित समाज र अन्त्यमा देशकै लागि गरिएका सु–कार्यहरू पार्टी स्वयंले पनि प्रकाशन र प्रसारण गरिदिनु पथ्र्यो । यस्ता सु–कार्यहरू नयाँ पिढीका लागि प्रेरणा र मार्गदर्शन बन्न सक्छन् । नेकपाले अब विश्व परिस्थिति सुहाउँदो नेतृत्वको विकास गर्नुपर्छ । अहिलेसम्म देखा परेका आफँैले ओगटिराख्ने प्रवृत्ति सुधार नगरे सञ्चारको यो युगमा समयसँगै नेकपाका नेतृत्व अगाडि बढ्न सक्दैन ।

नेकपा एमालेको ९ महिने सरकार बन्दा (आफ्नो गाउँआफै बनाउँ) को अवधारणा आएको थियो । बाहिर हल्ला सुनिएको थियो यो सिपी मैनालीले बनाएका हुन् । तर, यसको सर्जक तिनै नेता केशव बडाल, भरतमोहन अधिकारी र गुरूप्रसाद बराल हुनुहुँदो रहेछ । अनिल पौडेलजीले यो पुस्तक लेख्ने जिज्ञासा नराखेको भए केशव बडालज्यूको दृष्टिकोण, भूमिसुधार आयोग (बडाल आयोग), पार्टी एकिकरण गर्ने क्रममा खेलेको भूमिका, फास्टट्रयाक निर्माणको ठेक्कामा देश डुबाउने घिनलाग्दो खेल मार्फत कांग्रेस मन्त्री विमलेन्द्र निधिको पर्दाफासजस्ता महत्वपूर्ण काम उजागर हुने थिएनन् ।

काम गरेर पनि आफूले गरेका असल कामबारे जनसाधारण एवं पाठकसमक्ष पु¥याउन नचहानु पनि उहाँको विशेषता नै होला । बडालजी उद्योगमन्त्री हुँदा आफू भन्दा पहिलेका उद्योगमन्त्रीले मनपरी फोन गरी ७० हजार रकम तिर्न बाँकी राखी दिएका रहेछन् । तर, टेलीफोन लाइन काटिएको सूचना उहाँको नाममा आएछ । अलिकति पनि नैतिक जिम्मेवारी नभएका सित्तै पाए जे पनि चाट्ने मन्त्रीको बानीबेहोराको पर्दाफास भएको छ ।

भूमिसुधार आयोगको अध्यक्ष हुँदा बडालजीले कहिलेकाँही बिहानको खाना १० वजे राति पनि खानुभयो । आयोगका सबै सदस्यहरूले बैठक भत्ता नलिई काम गरे । यो दृष्टान्त नेपालमा अर्को नहोला । बनेपा–सिन्धुली राजमार्गसम्बन्धी विभिन्न हल्ला बाहिर आए पनि आज जुन रूपमा बनेपा– सिन्धुली–बर्दिवास सडक सञ्चालनमा छ त्यसमा पनि बडाल कै योगदान देखिन्छ । यस्ता ऐतिहासिक कामहरूको प्रशंसा गर्ने परिपाटी सम्बन्धित निकायहरूले बसाल्नु पर्दछ ।

अव फाष्टट्रयाकको कुरा गरौंः देश विकासको रक्तसञ्चार भनेकै बाटो हो भन्ने बुझ्नुभएका बडालज्यूको निकै पहिलेदेखि कै परिकल्पना रहेछ । २०४८ सालमा जब उहाँ प्रतिनिधि सभामा पुग्नुभयो राज्य सञ्चालनका कामहरू र त्यसभित्रका विकृतिका जालो र त्यस्ता जालोलाई भत्काउन सकिने प्वालहरूको खोजी गर्नु भयो । त्यसै क्रममा नेपाली काँग्रेसका शिक्षित युवा नेता अर्थराज्य मन्त्री महेश आचार्यसँग सडक निर्माणसम्बन्धी कुरा गर्न पुग्नुभयो । योजना आयोगका उपाध्यक्षसमेत सँग दुई घण्टाको समय माग गरी छलफल गर्नुभयो ।

अर्थ मन्त्रालयले बजेट विनियोजन गरी पहिलो प्राथमिकतामा राख्ने आश्वासन दिएछ । तपाईंले भनेको योजनाले त देशकै मुहार फेर्ने रहेछ भन्ने कुरा मन्त्रीज्यूले भन्नेको कुरा सम्झना योग्य छ । तर बजेट आउने वेलामा यो सडकसम्बन्धी कुनै कुरा नै पो आएनछ ।

यो सडक निर्माणको गहिराइ र मर्म बुझेका बडाल ज्यू यसमा निरन्तर लागि नै रहनु भयो । ०६६ सालमा नेकपा एमालेका महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री बन्नु हुँदा बडालज्युको निरन्तर प्रयास र यसका सम्भावनाहरूका सम्पूर्ण कथा सुनाएपछि प्रधानमन्त्री खुसी हुनुभएछ । नेपाली सेनाद्वारा निर्माण गर्नुपर्ने र विदेशीहरूलई काम गर्न दिँदा मुआब्जा र ब्याज बुझाएर कहिले पनि सकिँदैन भन्ने कुरा प्रधानमन्त्रीलाई सुझाउनुभएछ ।

९० प्रतिशत फास्ट ट्रयाकको रूपरेखा बनाउने काम सकिँदा सरकार ढल्न पुग्यो । ०७० सालमा नेपाली कांग्रेसका सभापति शुशील कोइराला प्रधानमन्त्री हुुँदा भौतिक योजनामन्त्री नेपाली काँग्रेसकै युवा नेता विमलेन्द्र निधि हुनुभएछ । त्यस वेला बडालज्यू व्यवस्थापिका संसदको अर्थ समितिमा रहनुभएको थियो । बडालज्युले त्यहाँ बसेर आफ्नो आवाज बुलन्द पार्न थाल्नुभयो । यो योजनाका परिकल्पनाकार मध्ये कै भएकाले यसको नशा–नशा उहाँलाई थाहा थियो ।

९० प्रतिशत ट्रयाक बनाउने काम भइसकेको योजनामा एउटा भारतीय कम्पनी आइटिएनएलकम्सोटोरीयम (एल.एल. एन. एफ. एस.) नामको कम्पनीको मात्र एउटा कोटेसन परेको खुलासा भएपछि त्यसको तथ्यहरू पत्ता लाग्दै गयो । उक्त आयोजनाको अवधि ३० वर्षको हुने निर्माण कार्यमा ५ वर्ष लाग्ने , पहिलो २५ वर्षदेखि उक्त कम्पनीले सडक प्रयोग दस्तुर उठाउने । पहिलो वर्षमा सडक प्रयोग गर्ने सवारी साधनको संख्या १ करोड ६४ लाख ३१ हजार ३ सय २२ वटा हुनुपर्ने ।

यो संख्या बढ्दै २५औं वर्षमा २ करोड ४७ लाख ४९ हजार ६ सय ७९ वटा हुनुपर्ने सर्त राखिएको थियो । यदी यो संख्या नपुगेमा अपुग हुँदाको संख्याको रकम नेपाल सरकारले व्यहोर्नुपर्ने थियो । त्यस्तो सम्झौता भएको खण्डमा पहिलो २५ वर्षमा उक्त कम्पनीलाई २५ अर्ब ६० करोड नाफा हुने २५ औँ वर्षमा पुग्दा ८ खर्ब ७० अर्ब, पुग्ने एउटा कारले सडक प्रयोग गर्दा प्रतिकार १ हजार ५ सय ५८ रूपैया दस्तुर लाग्ने जसअनुसार २ वटा मोटरसाइकलले एउटा कार बराबर एउटा बसलाई २ वटा कार बराबर र १४ पांग्रे ट्रकलाई ३ वटा कार बराबर कर तिर्नुपर्ने अवस्था भनेको निकै डरलाग्दो हो ।

यसरी उक्त भारतीय कम्पनीले राखेको सर्त अनुसार सडकमा गुड्ने सवारी साधनको विषयमा बडालज्युले अध्ययन गर्न काठमाडौं महानगरीय ट्राफिक प्रहरीसँग बुझ्नुहुँदा दैनिक काठमाडौं छिर्ने प्रमुखनाका नागढुंगाबाट ५ हजार ५ सय ४५ वटा सवारी साधनहरू छिर्ने तथ्यांक भेटियो । उक्त कम्पनीले तोकेको संख्या पुग्न ३९ हजार ४ सय ७२ वटा सवारी साधनहरू कम हुने रहेछ । यसरी हेर्दा कमिला हिँडाएर पनि सवारी साधन संख्या पुग्ने देखिएन ।

कांग्रेसी मन्त्री निधिप्रति मेरो एक किसिमको सम्मान रहेको थियो तर, यस्तो देशै डुबाउने राष्ट्रघाती सम्झौता गरी भारतलाई रिझाउन खोजेको यर्थाथता थाहा पाएपछि त्यो सम्मान अनावश्यक रहेको ठहर भयो । एउटा कार्यक्रममा शेरबहादुर देउवा बडाल छेउमा भेटिँदा भुतभुताउनुभयो (अब भारतले नाकाबन्दी लगाउँछ) यस्ता निर्लज्ज नेताहरूको अनुहार ऐनामा देखाउन पुस्तकले सहयोग गरेको छ ।

त्यसैगरी भारत सरकारले भारत बाहेकका मुलुकबाट भारतीय बाटो भएर नेपालले ल्याउने सामानहरूको ४.५ प्रतिशतले कर लाद्न खोजेको विषयमा पनि प्रमाणहरू जुटाई बुलन्द र चित्त बुदो आवाज उठाई देशलाई वार्षिक १० अर्ब रूपैयाँ बचाउने भूमिका निर्वाह गरेको तथ्यहरूले पनि बडालको काम गर्ने शैलीले प्रष्ट पार्छ ।

उहाँजस्तै देशका धेरै नेताहरू आफ्नो पार्टीको काममा केही नहेरी केही नभनी निरन्तर लागि परेर आज पार्टी यो रूपमा विकसित भएको देखिन्छ । बडालको उच्च तहको पहुँच हुँदासमेत उहाँकी श्रीमतीले ज्याला मजदुरी गरेर घरगर्जो टारेर श्रीमानलाई पार्टीनिर्माण काममा दत्तचित्तले लाग्न सहयोग पु¥याउनुभएको रहेछ । उहाँकी श्रीमतीको पार्टीले मूल्यांकन गर्नुपर्ने हो ।

विगतमा पार्टी निर्माणमा योगदान गरी दुःखका दिनहरू काटेर यहाँसम्म पार्टीलाई ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनहरूप्रति पार्टीले सकारात्मक मूल्यांकन गर्न सके पार्टीको महत्व अझ बढ्ने र भावी युवा नेताहरूप्रति सकारात्मक धारणा विकास हुन सहयोग पुग्ने थियो ।
त्यसैगरी, सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ पढेपछि थाहा भयो कि पञ्चायतको कालरात्रीमा प्रहरीहरू छापा मार्न आउँदा आफ्ना श्रीमान अर्थात् वर्तमान माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको घरको माथिल्लो तलामा भएका कागजपत्र लुकाउन लिस्नु चड्दा लडेर उहाँको पेटमा चोट लागेछ । त्यतिबेला यहाँ गर्भवती हुनुहुँदो रहेछ । यही चोटका कारण छोरी अपांग भएर जन्मिइन ।

हाल ३०–३१ वर्ष पुगेकी छोरीलाई दिशापिसाब गराउन शौचालय ल्याउन र लैजान एउटा मान्छेको सहारा चाहिन्छ । यस्ता अनेकौ दुःखकष्ट सहेर पार्टीलाई यहाँसम्म ल्याइपु¥याउने परिवारप्रति मूल्यांकन गर्ने परिपाटीतर्फ पार्टीहरूको ध्यान समयमै जाओस् भन्ने सुभेक्षा व्यक्त गर्दछु ।

प्रतिक्रिया