पछिल्लो समयमा कलिउडका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई मानव तस्करीको आरोपमा प्रहरीले छानबिन गरिरहेको छ । खड्गीमाथि कोरियामा चलचित्र छायांकन गर्न भनेर मानव तस्करी गरेको आरोप छ । कतै विदेशमा चलचित्रहरूको छायांकन गर्ने भनेर यस्तै मानव तस्करी त भइरहेको छैन ?
प्राविधिक रूपमा स्तरीय, व्यावसायिक रूपमा सफल हिट र दर्शकहरूलाई हलसम्म तान्न सकिने चलचित्रमा के हुनुपर्छ ? सबैको उत्तर आउँछ, ‘राम्रो र सशक्त स्क्रिप्ट, प्रस्तुति, लोकेसन, निर्देशन, गीत÷संगीत, कलाकार, कलाकारको अभिनय आदि ।’ एउटा राम्रो चलचित्रका लागि राम्रो स्क्रिप्ट र सशक्त ढंगले प्रस्तुति गर्नुपर्ने भन्ने नै अधिकांश दर्शकहरूको भनाइ रहेको पाइन्छ ।
तर, पनि पछिल्लो समयमा नेपाली चलचित्रहरूको छायांकन विदेशमा गर्ने लहर हो वा रहर चलेको छ । पछिल्ला कतिपय चलचित्रको छायांकन विदेशमा गरिएको छ । तर, पनि पनि विदेशमा छायांकन गरिएका यी अधिकांश चलचित्रहरूले व्यावसायिक सफलता पाउन सकिरहेका छैनन् । विदेशमा छायांकन गर्दैमा चलचित्र राम्रो हुने र राम्रो व्यापार गर्छ भन्ने छैन । चलचित्र राम्रो र सफल हुनका लागि विदेशको लोकेसन नभई चलचित्रको स्क्रिप्ट र प्रस्तुतीकरण राम्रो हुनुपर्छ ।
नेपालमा छायांकन गरिएको विनास्टार कास्टको चलचित्र छक्का पञ्जाले राम्रो व्यापार ग¥यो । नेपाली चलचित्रको इतिहासमा नै सबैभन्दा बढी व्यापार गरेको चलचित्र बन्यो । नेपाली चलचित्रले राम्रो व्यापार गर्नका लागि विदेशमा छायांकन गर्न पर्दैन भनेर चलचित्र छक्का पञ्जाले प्रमाणित गरेन र ? तर, पनि हाम्रा कतिपय निर्माताहरू डलर खर्च गरेर किन छायांकन गर्न विदेशमा मुन्टिन्छन् । यो रहर हो, कि लहर हो ? कि, प्रतिस्पर्धा हो ? यसमा केही रहस्य पनि छ ।
पछिल्लो समयमा कलिउडका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई मानव तस्करीको आरोपमा प्रहरीले छानबिन गरिरहेको छ । खड्गीमाथि कोरियामा चलचित्र छायांकन गर्न भनेर मानव तस्करी गरेको आरोप छ । कतै विदेशमा चलचित्रहरूको छायांकन गर्ने भनेर यस्तै मानव तस्करी त भइरहेको छैन ? नेपाल नै प्राकृतिक दृश्यहरूले यति सुन्दर छ कि, विदेशीहरू छायांकनका लागि यहाँ आउँछन् र स्तरीय फिल्म बनाउँछन् तर हाम्रा चलचित्रकर्मीहरू डलर खर्च गरेर विदेश धाउँछन् र फ्लप फिल्म बनाउँछन् ।
यो त पछिल्लो समयमा मात्र नभई पहिले पनि नेपाली चलचित्रहरूको छायांकन विदेशमा गर्ने गरिएको पाइन्छ । नेपाली चलचित्रको निर्माणको सुरु नै विदेशबाट भएको थियो । नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिशचन्द्र भारतको कलकत्तामा निर्माण भएको थियो । प्रवाशका केही युवाहरूले सन् २००७ सालमा नेपाली चलचित्र सत्य हरिशचन्द्रको निर्माण गरी सन् २००८ सालमा कलकत्तामा नै प्रदर्शन गरेका थिए ।
यसका निर्माता तथा निर्देशक डिबी परियार हुन् । त्यसपछि नेपालमा ०२१ सालतिर बाट नेपाली चलचित्रको निर्माण सुरु भएको थियो । नेपालमा निर्माण भएको पहिलो नेपाली चलचित्र आमा हो । नेपाली चलचित्र निर्माणको सुरुआततिर नेपालको सीमापारि पनि केही नेपाली चलचित्रहरू निर्माण भएको पाइन्छ । सीमापारिको भूमिबाट निर्माण भएका नेपाली चलचित्रहरूमा परालको आगो, सम्झना, कुसुमे रुमाल, बाँसुरी , मसाल, लाहुरे, कथा, लेटर, मितज्यू भुल र जारझोडा आदि हुन् ।
यसैगरी, तेस्रो मुलुकमा छायांकन भएको पहिलो नेपाली चलचित्र भने कस्तुरी हो । ४० को दशकमा बेलायतमा छायांकन गरिएको नेपाली चलचित्र कस्तुरीको निर्माता त्यसवेला बेलायतमा बसोबास गरिरहेका कलाकार तथा निर्माता विनोद मानन्धर थिए । बेलायतमा निर्माण गरिएको भए पनि कस्तुरी व्यापारको हिसाबले असफल चलचित्र हो । त्यसैगरी, त्यसवेला अमेरिकामा बसोबास गरिरहेका केही कलाकारहरूले अमेरिकामा नेपाली चलचित्र इष्ट्रमित्र निर्माण गरेका थिए । जसमा कलाकारहरू सरोज खनाल कृष्टि केसी र एलिना श्रेष्ठ आदिले अभिनय गरेका थिए ।
नेपाली चलचित्र क्षेत्रमा विदेशी चलचित्र क्षेत्रको नक्कल गर्ने प्रवृत्ति देखिन्छ । खासगरी नेपाली चलचित्रहरूले बलिउडको नक्कल गर्ने गरेका छन् । बलिउडमा बिग बजेट भनेका कतिपय चलचित्रहरूको छायांकन विदेशमा गर्ने गरिएको छ । त्यसैगरी, बलिउडका चलचित्रकर्मीहरूले चलचित्रको अवार्ड कार्यक्रम पनि धेरैजसो विदेशमा गर्ने गरेका छन् । सायद, यसको नक्कल नेपाली चलचित्रकर्मीहरूले पनि गरिरहेका हुन् कि ? विदेशमा चलचित्रको छायांकन विदेशमा चलचित्रको अवार्ड कार्यक्रम म्युजिक अवार्ड कार्यक्रमहरू र विदेशमा नेपाली चलचित्रको प्रदर्शन गर्ने निहुँमा मानव तस्करी भइरहेको छ भनेर वेलावेलामा चलचित्र कर्मीहरूलाई आरोप लाग्ने गरेको छ ।
चलचित्र प्रदर्शनको मिति नजिक आइपुग्दा चलचित्रको एउटा गीत भए पनि विदेशमा छायांकन गर्न भनेर विदेश पुग्ने गरेको देखिन्छ । चलचित्र कृष्टिको एउटा गीत स्कटल्यान्डमा छायांकन गरिएको थियो । त्यसैगरी, दयाहाङ राई प्रियंका कार्की अभिनित चलचित्र हापिडेज, इन्टुमिन्टु लन्डनमा छायांकन गरिएको थियो । त्यसैगरी, द विनर, सफर मनैत हो, परदेशी, ह्याप्पी न्यू इएर चलचित्र अस्टे«लियामा छायांकन गरिएको थियो ।
अमेरिकन बाबु, मेड इन नेपाल अमेरिकामा, निर्देशक मिलन चाम्सको चलचित्र लिलिबिली टर्किको स्तानबुलमा, मुकुन्द भट्टको चलचित्र लप्पन छप्पन युरोपमा, दिलिप रायमाझीको मिस युमलेसिया र अस्ट्रेलियामा, प¥यो नि माया जालैमा हङकङमा, बुद्ध बर्न इन नेपालको केही दृश्य अमेरिकामा, प्रेम गीत २ थाइलान्डमा, समर लभ नर्बेमा राजबल्लभ कोइरालाको राघव अमेरिकामा र आर्यन सिग्देलको चलचित्र कायरा फिलिपिन्समा छायांकन गरिएको थियो ।
नेपाली भाषाका चलचित्र मात्र नभई नेपाल भाषाका चलचित्रहरूको छायांकनसमेत विदेशमा गर्ने लहर चलेको पाइन्छ । कलाकार निर्देशक सुरेन्द्र तलाधर र नायिका भिन्तुना जोशी अभिनित नेपाल भाषाको चलचित्र म्हः शिका अस्ट्रेलियामा, नायक मनिष श्रेष्ठले निर्माण तथा मनिष श्रेष्ठ र अन्नेश्वरीले अभिनय गरेको नेपाल भाषाको चलचित्र तुयुमतिका केही दृश्य लन्डनमा छायांकन गरिएको थियो । त्यसैगरी, नेपाली र नेपालभाषामा बनेको बिग बजेटको चलचित्र च्वापुफयको छायांकन चीनको ल्हासामा समेत भएको छ । नेपाली चलचित्रहरूको छायांकन विदेशमा गर्न नहने भने होइन तर चलचित्रहरूको व्यापार चलचित्रको बजेट चलचित्रको बजार आदिलाई पनि हेर्नुपर्ने देखिन्छ
विदेशमा चलचित्रसम्बन्धी गतिविधि गर्दा विदेशको सेयर हुने अरू व्यापार पनि हुने कतिपय सरोकारवालाहरूको भनाइ रहेको पाइन्छ । विदेशमा चलचित्रको छायांकन गर्दा चलचित्रको बजेट बढ्ने देशको पैसा विदेशमा जाने आदिमा पनि ध्यान दिनुपर्ने देखिन्छ । विदेशमा छायांकन गर्दैमा चलचित्रले उच्च व्यापार गर्ने पनि त होइन नि । विदेशमा छायांकन गरिएको भनिएका सबै चलचित्रहरूले राम्रो व्यापार गर्न सकिरहेका छैनन् सबैजसो चलचित्रहरू व्यापारको हिसाबले असफल छन् ।
प्रतिक्रिया