पार्टीभन्दा गुट बलिया

यतिवेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) भित्र मात्रै होइन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र पनि चरम असन्तुष्टि देखिएको छ । यी दुवै पार्टीको नेतृत्व अनिर्णयको बन्दी बनिरहेको छ । केन्द्रिय समितिको बैठक बोलाउन माग गर्दै नेकपाका २१ जना केन्द्रीय सदस्यहरूले दिएको ज्ञापनपत्रलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पचाउन सकिरहेका छैनन् । मौका परे यी २१ जनालाई कारबाही गर्ने मनस्थितिमा अध्यक्षद्वय छन् ।

 

नेपाली कांग्रेसका ७७ मध्ये ६४ जिल्ला सभापतिहरूको भेला बिहीबार नुवाकोटको ककनीमा सम्पन्न भएको छ । तर, यो भेलाबारे सभापति शेरबहादुर देउवा बेखबर छन् । सभापति देउवाले विधान संशोधनको मामिलामा सहमति जुटाउन नसकेकै कारण नेपाली कांग्रेसको महासमितिको बैठक अनिश्चित बनेको छ । कुनै मुद्दाका विषयलाई लिएर उत्पन्न फरक मतका कारण यतिवेला यी दुई पार्टी अनिर्णयको बन्दी बनेका होइनन् ।

 

यी दुवै पार्टीभित्र पहिलेदेखिका गुट उपगुटहरू छन् । यी गुट तथा उपगुटहरूलाई अझै बलिया र संस्थागत बनाउ“दै लैजाने प्रयत्नमा नेताहरू छन् । यही प्रयत्नको टकराव हो यतिवेला दुवै पार्टीमा देखिएको अन्योलता । गुटलाई संस्थागत बनाउनका लागि नेताहरूद्वारा भएका प्रयत्नको पहिलो शिकार हुने भनेको बहुदलीय व्यवस्था हो, अर्थात् नेपाली जनताको अधिकार शिकार हुने हो ।

 

राजनीतिक दलहरू बहुदलीय व्यवस्थाका अभिन्न अंग हुन् । दलहरू जति बलिया र संस्थागत भए बहुदलीय व्यवस्था त्यति नै बलियो र संस्थागत हुन्छ । दलहरू कमजोर हु“दा बहुदलीय व्यवस्था खतरामा पर्छ । एउटा दल मात्रै बलियो र संस्थागत हु“दा पनि बहुदलीय व्यवस्था बलियो र संस्थागत हुन सक्दो रहेनछ । बहुदलीय व्यवस्था संस्थागत हुन कम्तीमा दुई वटा बलिया दल देशमा हुनुपर्ने रहेछ ।

 

यो अनुभव नेपालले पनि पटक–पटक गर्दै आएको छ । ०१५ सालको आम निर्वाचनमा ३७ प्रतिशत जनमतसहित नेपाली कांग्रेस सर्वाधिक बलियो पार्टी बन्यो । ००७ सालको जनक्रान्ति सम्पन्न गरेका कारण नेपाली कांग्रेस आफै“मा संस्था भइसकेको थियो । निर्वाचनमा दुईतिहाइ सिट हासिल गरे पनि करिब ६३ प्रतिशत मत नेपाली कांग्रेसको विरुद्धमा थियो । तर, यो ६३ प्रतिशत मत यति छरिएको थियो कि संसद्मा दोस्रो या तेस्रो पार्टीको नगण्य उपस्थिति थियो ।

 

संसद् प्रतिपक्षीविहीनजस्तै बनेको थियो । यही मौकामा राजाले संसदीय व्यवस्था नै भंग गरिदिए । राजाको यो कदमविरुद्ध नेपाली कांग्रेस एक्लैले तत्काल तरंग उत्पन्न गराउन सकेन । अरू पार्टी तरंग उत्पन्न गराउन सक्ने हैसियतमा थिएनन् ।

 

०४६ सालको जनआन्दोलनसम्म आइपुग्दा नेपाली कांग्रेस मात्रै होइन केही कम्युनिस्ट पार्टीहरू पनि बलिया र संस्थागत भइसकेका थिए । कम्युनिस्ट पार्टीहरू सम्मिलत संयुक्त वाममोर्चा गठन भएको थियो । नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको ताकतले पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्थाको पुनस्र्थापना ग¥यो । बहुदलीय व्यवस्था स्थापनापछि संयुक्त वाममोर्चाका केही घटक मिलेर नेकपा एमाले गठन गरे । नेकपा एमाले मूलधारको बलियो कम्युनिस्ट पार्टीका रूपमा देखा प¥यो ।

 

०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसले सुविधाजनक बहुमत प्राप्त ग¥यो भने नेकपा एमाले बलियो प्रतिपक्षका रूपमा देखा प¥यो । यसरी मुलुकमा दुई वटा अत्यन्त ठूला , बलिया र संस्थागत पार्टीहरू अस्तित्वमा आएस“गै बहुदलीय व्यवस्थालाई अब कसैले छुन सक्दैन भन्ने स्वभाविक आ“कलन गरियो । किनकी, करिब ७० प्रतिशत जनमत यी दुई ठूला पार्टीकै वरिपरि थियो ।

 

बहुदलीय व्यवस्था संस्थागत बनाउन यी दुवै पार्टीहरू कटिबद्ध थिए । तर, छोटो अभ्यासको क्रममै यी दुई पार्टीहरूमा गुटगत राजनीतिले संस्थागत रूप लिन थाल्यो । गुटगत राजनीतिले संस्थागत रूप लि“दै जा“दा ०५४ सालमा एमाले फुट्यो । ०५९ सालमा नेपाली कांग्रेस फुट्यो ।

 

यही मौका पारेर राजा ज्ञानेन्द्रले चौका हाने । पार्टीभित्र गुटहरू हुन्छन् र हुनु पनि पर्छ, तर गुटहरू संस्थागत रूपमै स्थायी र बलिया हु“दै गए भने पार्टी विभाजनको कारक बन्ने रहेछन् । दलहरूको विभाजन बहुदलीय व्यवस्थाका लागि विषजस्तै हु“दो रहेछ भन्ने कुरा बुझ्न राजनीतिक शास्त्रको कुनै ठेली पल्टाउनै पर्दैन । हाम्रै देशको अनुभव काफी छ ।

प्रतिक्रिया