हिक्मतले कराते ओपन लिस्बोन खेल्ने

काठमाडौं । पोर्चुगलमा हुन लागेको कराते ओपन लिस्बोनमा हिक्मत घर्तीमगर प्रतिस्पर्धा गर्ने भएका छन् । लिस्बोनस्थित आरारोईओ एरिनामा डिसेम्बरको पहिलो दिन घर्तीमगरले कुमेटी ६१ केजी तौल समूहमा चिलीका विल्ललोन एन्र्कुए अन्द्रेस सामना गर्ने तय भएको हो ।

कुमेटी र कातामा अब्बल मानिने घर्तिमगरले दोस्रो युरोप कराते नोमिचि प्रतियोगितामा कातातर्फ रजत पदक हात पार्दै इटालीबाट कराँतेमा डिप्लोमा पास गरेका थिए । सन् २०१४ जर्मनीमा भएको अन्तर्राष्ट्रिय जर्मन वादो कपमा ५५ केजी तौल समूहमा उनले कुमेटीतर्फ नेपाललाई रजत पदक दिलाएका थिए ।

सन् २०१४ मा बेल्जियमा भएको प्रथम गेन्त सिटी अन्तर्राष्ट्रिय बुदो कराते कपमा ६० केजी तौल समूहमा क्युबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

उनले फ्रान्सको चार्लस डे गौल्ली शहरमा भएको केड्लु एफ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ५५ केजीदेखि ६२ केजी तौल समुह कुमेटीमा रजत पदक तथा व्यक्तिगत ६७ केजी कातातर्फ स्वर्ण पदक जितेका थिए । त्यस्तै, जर्मनको हम्बुर्ग सहरमा भएको एल्बी कप अन्तराष्ट्रिय कराते कपमा कातातर्फ नेपालले जितेको एक मात्र कांस्य उनको नाममा छ ।

प्रतिक्रिया