चार महिनामै ५ सय बढी उजुरी

सल्यान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले कर्णाली प्रदेशमा उजुरी पर्नेको संख्या बढ्दै गएको बताएका छन् । भ्रष्टाचार बहुरूपी, बहुमुखी र बहुरंगी ढंगले विकास भई आएकाले सचेत बन्नसमेत जोड दिएका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सल्यान खलंगामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सुवेदीले भने, चालु आर्थिक वर्षको चार महिनाको अवधिमा कर्णाली प्रदेशमा ५ सय ३ उजुरी परेका छन् । यस तथ्यांकले पनि के देखाउँछ भने अख्तियारमा उजुरी गर्ने क्रम बढ्दो रूपमा रहेको छ । ’

भ्रष्टाचार नियन्त्रण गर्न स्थानीय तह बढी जिम्मेवार बन्नुपर्ने बताए । उनले भने, ‘गतवर्ष ७ सय ५१ उजुरी परेकोमा चालु आवको चार महिनामै पाँच सय बढी उजुरी आउनुले सबैलाई सोच्न बाध्य बनाएको उनको भनाइ रहेको छ ।

भ्रष्टाचार तथा अनियमिततासम्बन्धी आयोगमा बढी मात्रामा विद्यालयको भवन बनाउँदा गुणस्तरहीन भएको, पाठ्यपुस्तक वितरणमा अनियमितता भएको, सामाजिक सुरक्षा भत्तामा अनियमितता, उपभोक्ता समिति गठन प्रक्रिया, उपभोक्ता समितिमार्फत हुने गरेका विकास निर्माणका काम गुणस्तरहीनजस्ता प्रकृतिका उजुरी आउने गरेको कार्यालय प्रमुख सुवेदीले बताए ।

कर्णाली प्रदेशमा बढी मात्रामा संघीय मामिला तथा सामान्य प्रशासनमा १ सय ५५, शिक्षा, विज्ञान तथा प्रविधिमा १ सय ४५, वन तथा वातावरणमा ५१, ऊर्जा, जलस्रोत तथा सिँचाइमा ४१ लगायतका विभिन्न क्षेत्रमा उजुरी पर्ने क्रम बढ्दो क्रममा रहेको उनको भनाइ रहेको छ ।
प्रदेशअन्तर्गत सुर्खेतमा धेरै उजरी पर्ने गरेको प्रमुख सुवेदीले बताए ।

उनले भने, ‘जिल्लाको हकमा सुर्खेतमा धेरै उजुरी चार महिनाको अवधिमा १ सय ६, दैलेखमा ८५, जाजरकोट कालिकोटमा ५८, जुम्लामा ४२ उजुरी परेका छन् । यस्तै हुम्लामा ४०, रुकुम पश्चिममा ३५, सल्यानमा ३३, मुगुा २१ र डोल्पामा ६ उजुरी परेका छन् ।’

प्रतिक्रिया