तातोपानी क्षेत्रलाई धार्मिक क्षेत्र घोषणा

बझाङ । बझाङको तलकोट गाउँपालिका–१ मा रहेको तातोपानी क्षेत्रको देश तथा विदेशसम्म पहिचान गराउन एक कार्यक्रमका साथ तलकोट गाउँपालिकाले धार्मिक क्षेत्रको रूपमा घोषणा गरिएको छ ।

तातोपानी क्षेत्रको समग्र विकास गरी धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा पहिचान गराउने उद्देश्य अनुरूप सो क्षेत्रलाई धार्मिक क्षेत्र घोषणा गरिएको जानकारी प्राप्त भएको छ ।

सेती नदीको किनारमा रहेको सो क्षेत्रमा तातोपानीका मुहानहरू प्रसस्त मात्रामा रहेका छन् । यसअघि तातोपानी क्षेत्रमा सामान्यतया माघे संक्रान्तिमा मेला लाग्ने भएता पनि आगामी दिनमा भने बझाङको मुख्य धार्मिक धामको रूपमा घोषित गरिएको छ ।

तलकोट गाउँपालिकाको आयोजनामा जिल्लास्थित सरोकारवाला निकायसँग अन्तत्र्रिmया गरी उक्त तातोपानी क्षेत्रलाई धार्मिक क्षेत्र घोषणा गरिएको हो । तातोपानी धार्मिक क्षेत्रको विकासका लागि सुझाव संकलन गर्दे तलकोट गाउँपालिकाले आगामी दिनमा मुख्य धामको रूपमा विकास गर्ने जनाएको छ ।

पौराणिक कालमा तपोवन भनिने उक्त तातोपानी क्षेत्रमा तर्पण ऋषिले तपस्या गरेको किंवदन्ती रहेको छ । तातोपानीमा नुहाउँदा शरीरमा भएका रोगहरू आपैmँ निको हुने स्थानीयहरूमा विश्वास रहेको छ ।

तपोवन धार्मिक क्षेत्र विकासका लागि यस आर्थिक वर्ष तलकोट गाउँपालिकाले ५० लाख बजेट विनियोजन गरेको तलकोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले जानकारी दिए । तपोवन क्षेत्र धार्मिक क्षेत्र घोषणा सभामा जिल्ला समन्वय समिति संयोजक खडक खड्का, जयपृथ्वी नगरपालिका प्रमुख वीरेन्द्रबहादुर खड्का, जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख, सञ्चारकर्मीलगायत स्थानीयवासीहरू सहभागी रहेका थिए ।

ऐतिहासिक एवं धार्मिक क्षेत्र तपोवनको यस अघि संरक्षण एवं संबद्र्धन हुन नसक्दा ओझेलमा परेको भन्दै तलकोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले आगामी दिनमा यसको विकासका लागि कार्ययोजना तयार भइसकेको जानकारी दिए । धार्मिक क्षेत्र घोषणा सभामा सहभागी जनप्रतिनिधिहरूले तपोवन क्षेत्रको विकासका लागि सदैव आपूmहरू तयार रहेको पनि बताए ।

प्रतिक्रिया