नेपाल–अफ्रिका चलचित्र महोत्सव

काठमाडौं । चलचित्रमार्फत नेपाल र अफ्रिकाबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ तीनदिने चलचित्र महोत्सव सुरु भएको छ । ‘सातौँ नेपाल–अफ्रिका चलचित्र महोत्सव २०१८’ सोमबारदेखि काठमाडौंको रसियन कल्चर सेन्टरमा सुरु भएको महोत्सवको पहिलो दिन तीन चलचित्र प्रदर्शन गरियो ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन (सिजेएमसी) को आयोजनामा भएको उक्त महोत्सवमा ११ वटा चलचित्र प्रदर्शन गरिँदै छ ।  महोत्सवको पहिलो दिन चीनका ज्याङयोङ, होडन ओ अब्डी र पूm डोङले निर्देशन गरेका ‘अफ्रिकन इन युवा,’ इजिप्टका मोहमद फाडल निर्देशित ‘नासिर ५६’ तथा स्विजरल्यान्डका आइरन लोएबलले निर्देशन गरेको चलचित्र ‘लाइफ इन प्रोगेस’ प्रदर्शन गरियो ।

सिजेएमसीका निर्देशक तथा फेस्टिभलकी आयोजक डा. मन्जु मिश्रका अनुसार महोत्सवको दोस्रो दिन स्विडेनका नाडिया डाइवर्ग र पी युलिन्सले निर्देशन गरेको ‘फुटबोलडोक्र्टन’, रुवान्डा, फ्रेन्च र बेल्जियमका फिलिप भ्यान लु निर्देशित ‘लि लोर ओ डाइस्ट’, ‘पार्टी इन भोग’ र सेनेगलका ओस्मान विलियम मेबी निर्देशित ‘प्रेसिडेन्ट डाई’, र अल्जेरियाका मर्जाकओल्जले निर्देशन गरेको ‘बाबएल क्यु सिटी फिक्सन’ प्रदर्शन गरियो ।

यसैगरी, महोत्सवको तेस्रो दिन अमेरिकाका जर्ज क्यासीले निर्देशन गरेको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाका डारयन जोसाउ निर्देशित ‘कल मी थिफ’ फिलिपिन्सको ‘भेलभेट रेभ्युलेसन’ र नेपालबाट मनोज पण्डितले निर्देशन गरेको चलचित्र ‘छाया’ प्रदर्शन गरिँदै छ । अफ्रिकाको संस्कृतिलाई नेपालमा र नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने ध्येयका साथ महोत्सव गरिएको निर्देशक डा. मिश्रले बताइन् ।

उक्त महोत्सवमा विभिन्न विदेशी चलचित्र निर्देशकको समेत उपस्थित रहेको आयोजकले जनाएको छ । महोत्सवमा अन्तिम दिन नेपाली अभिनेत्री रेखा थापा लगायतको उपस्थितिमा समापन गरिँदै छ ।

प्रतिक्रिया