हिटलरका लागि विष चाख्न बाध्य महिला

कुनै पनि मान्छेले कल्पना गरोस्, आफ्नोअघि विभिन्न प्रकारका मिष्ठान्न खानेकुराले भरिएको एक टेबल छ । त्यसको वरिपरि केही महिलाहरू बसिरहेका छन् । उनीहरूलाई बेस्सरी भोक लागेको छ, तर त्यो खानाले उनीहरूको मृत्यु पनि हुनसक्छ भन्ने खतरा अघिल्तिर छ । तर, पनि उनीहरू आफ्नो ज्यानको प्रवाह नगरी ती सबै खाले खाना खान बाध्य हुन्छन् ।

सन् १९४२ तिरको यो वास्तविक घटना थियो । दोस्रो विश्वयुद्धका दौरान १५ जना महिलालाई आफ्नो ज्यान जोखिममा राखेर जर्मनीका तानासाह अडोल्फ हिटलरको ज्यान बचाउने काम दिइएको थियो । हिटलरका लागि बनेका खानामा विष मिसाइएको त छैन भन्ने शंकामा उनका लागि तयार गरिको खानालाई पहिले चाख्ने काम ती १५ जना महिलाले पालैपालो गर्नुपर्ने थियो ।

अचम्म लाग्ने कुरा त के छ भने सन् २०१२ डिसेम्बरअघि यसबारे कसैलाई थाहा थिएन । यो रहस्य तब अगाडि आयो, जब मार्गोट भोक नामकी एक महिलाले यसबारे मुख खोल्ने निर्णय गरिन्, जो हिटलरको खाना चाख्ने समूहमा थिइन, जसलाई ‘टेस्टर्स’ पनि भन्ने गरिन्थ्यो । उनले आफ्नै ७० वर्षे मौनता तोडेकी थिइन् । उक्त कुराको खलासा गरेर । इटालीकी एक लेखिका रोसेला पोस्टोरिनोले सन् २०१२ तिर रोमको एक अखबारमा जब मार्गोट भोकको बारेमा पढिन्, यस कहानीले उनलाई निकै आकर्षित ग¥यो । त्यसपछि रोजेलाले मार्गोटको खोजी गरिन्, जसको नतिजा बन्यो एक किताब ‘ला काटादोरा’ ।

इटालीमा उक्त किताब थुप्रै पुरस्कारबाट सम्मानित भइसकेको छ । रोसेलाले मार्गोट भोकको अन्तर्वार्ता सुन्दा ९६ वर्षीया वृद्ध महिला थिइन, जो बर्लिनकी स्थानीय बासिन्दा पनि । उनले हिटलरको ‘टेस्टर’ भएर काम गरेको पहिलो पटक बताएकी थिइन् । रोसेला आफैँ पोल्यान्डको बुल्फसान्जेल गइन्, दोस्रो विश्वयुद्धका समयमा यो सहरमा अडोल्फ हिटलरको सबैभन्दा ठूलो सैनिक व्यारेक थियो । रोसेलाले त्यहाँका मानिससँग हिटलरको खाना चाख्ने काम गर्ने व्यक्तिका बारेमा सोधिन्, तर उनीहरूले यसबारे केही थाहा नभएको बताए । हिटलरको यो पाटो अप्रकाशित कहानी थियो ।

त्यसपछि, रोसेलाले मार्गोट भोकसँग भेट्ने इच्छा गरिन् । उनले मार्गोटको अन्तर्वार्ता लिएका मिडिया हाउससँग मद्दत मागिन् । तर, त्यहाँबाट कुनै जवाफ दिइएन् । उनले निकै प्रयास गरिन र रोसेलाले जर्मनीकी एक साथीको माध्यमबाट मार्गोटको घर पत्ता लगाइन् र उनले मार्गोटसँग भेट्न पत्र लेखिन् तर दुर्भाग्यवश मार्गोटको त्यही साता मृत्यु भयो । त्यसपछि निराश बनिन् लेखिका रोसेला ।

रोसेलाका लागि मार्गोट भोग एक विरोधाभास पात्र थिइन् । लेखिका रोसेला पोस्टोरिनो रोसेला भन्छिन्, ‘किनकि, ती महिला नाजी भएर पनि हिटलरका लागि खाना चाख्ने काम गर्न बाध्य पारिएको थियो । मार्गोट भोक हिटलरमा विश्वास गर्दिन थिइन् । एकातिर उनी हिटलरलाई बचाउन चाहन्न थिइन, भने अर्कोतिर हिटलरको ज्यान बचाएर उसको साथ पनि दिइरहेकी थिइन् । उनलाई हिटलरको ज्यान बचाउने काम गर्न बाध्य पारिएको थियो ।’

उनी भन्छिन्, ‘यो कामले मार्गोटलाई एक प्रकारले पीडित बनाएको थियो । किनकि, दिनमा तीनपटक मृत्युको खतरा उठाउनु पथ्र्यो । तर, पनि २०औँ शताब्दीको सबैभन्दा ठूलो अपराधीलाई बचाएर सिस्टमको हिस्सा बनिरहेकी थिइन् ।’ यही विरोधाभासले रोजेलालाई किताब लेख्न प्रेरित गर्यो ।

आफ्नो किताबमा बताइएका ती १५ महिलाको बारेमा लेखिका भन्छिन्, ‘एक व्यक्तिको खाना चाख्नका लागि यतिका महिलाको किन आवश्यक पथ्र्यो ? भनेर मार्गोटसँग अवश्य सोध्थे, तर यस्तो हुन सकेन । यद्यपि, खाना चाख्ने काम समूहमा गराइथ्यो भन्छन् बोलोगना विश्वविद्यालयका बायोलोजीका एक प्राध्यापक । पहिलो समूह, दोस्रो समूह र तेस्रो समूह गरेर दिनको तीनपटकको खाना चाख्ने महिला थिए । तर, मलाई थाहा छैन किन १५ महिला राखिन्थ्यो । यसका लागि तीन वा बढीमा ६ जना ठीक हुन्थ्यो ।’

महिलालाई नै यो काममा किन लगाइन्थ्यो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘किनकि पुरुष युद्धमा हुन्थे र जो युद्धमा जान सक्दैन थिए, उनीहरू रोगी वा बुढा हुन्थे । त्यसैले, यस कामका लागि खाली महिला हुन्थे ।’ रोसेला भन्छिन्, ‘हिटलरले यहुदीहरूलाई यस कामका लागि किन छानेनन् भन्ने प्रश्नले मलाई पनि अचम्म पार्छ । हिटलर यहुदीलाई आफ्नो घर वरपर देख्न चाहँदैन थिए । किनकि, उनको नजरमा यहुदीहरू जनावरभन्दा तल्लो दर्जाको मानिन्थे । यसका साथै देशका लागि ज्यान दिनु एक सम्मान मान्थे, हिटलर । त्यसैले, यो काम जर्मनीका नागरिकलाई दिइएको थियो ।’

किताब ‘ला काटादोरा’ वास्तविक घटना तथा मार्गोट भोकको अन्तर्वार्तामा आधारित रहेको लेखिका रोसेला बताउँछिन् । हिटलरको खाना चाख्ने समूहमा १५ महिला बताइए पनि रोजेलाको किताबमा १० महिलाको कहानीलाई मात्रै ठाउँ दिइएको छ । यस किताबअनुसार, खाना चाख्ने काम गर्ने महिलाले हिटलरलाई कहिल्यै देख्दैन थिए, मार्गोट भोकले पनि हिटलरलाई कहिल्यै देखिनन् । किनकि, केही व्यक्तिलाई मात्रै हिटलरलाई हेर्ने स्वतन्त्रता थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया