खोजखबर

फर्निचर उद्योगमा आगलागि

सौर्य अनलाइन २०७५ मंसिर १० गते १७:०८ मा प्रकाशित

काठमाडौँ । युएन पार्क नजिकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ । आगलागी अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए ।

उनका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय