अवसरको लागी अपाङ्गता रियालिटी शो नेपालमा

काठमाडौं । अपाङ्गहरुलाई प्राथमिकता दिँदै विश्वमै पहिलो पटक अपाङ्गता रियालिटी शो नेपालमा हुने भएको छ । उक्त शो मा भाग लिन चाहानेहरुका लागी फारम खुल्ला गरिदिएको आयोजकले बताएको छ ।

प्रतिभा भएका अपाङ्गहरुले टेलिभिजन रियालिटी शो कार्यक्रममा समेत गएर आफ्नो कला प्रस्तुत गर्न पाउने आयोजकले बताए । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकाश केन्द्र , युनिभर्सल मिडिया ग्रुप र इन्टरनेशनल मिडिया हबको संयुक्त आयोजनामा विश्वमा पहिलो पटक नेपालबाटै अपाङ्ग रियालिटी शो सुरु गर्न लागेको आयोजकले जानकारी गराए । Mr and Ms Nepal for Disability अपाङ्गता रियालिटी शोका लागी अनलाईन मार्फत फारम भर्न सकिने आयोजकले बताए ।

सोही कार्यक्रम देशका सातओटै प्रदेशमा आयोजना हुनेछ भने देशभरबाट तीन हजार भन्दा बढीको सहभागी रहने अनुमान भएको बताए । सातै प्रदेशबाट छानेकालाई ३५ जनालाई टि भि शो मा लगिने र ३५ बाट १० जना अन्तिम प्रतिस्पर्धा रहने बताए । प्रत्यक हप्ता १ जना बाहिरिने बताइएको छ । कार्यक्रममा १६ देखि ६० वर्ष सम्मका अपाङ्गहरुले भाग लिन सक्ने बताए ।

प्रथमलाई सवारी साधन,३ लाख नगद र गिफ्ट, दोस्रोलाइ रु २ लाख र गिफ्ट र तेस्रोलाई १ लाख र गिफ्ट पुरस्कार हस्तान्तरण गरिने जानकारी दिए । गायन, नृत्य ,नाटक , वाक कला , चित्र कला, फेसन सो , ह्विल चियर डान्स , छडी क्यट्वर्क लगायत विभिन्न प्रतिभा उक्त कार्यक्रममा प्रस्तुत हुने बताए ।
अपाङ्ग भइ आफुसँग प्रतिभा भएर पनि बाहिर आउन नसकेका तथा देशका विभिन्न कुनामा रहेकालाई कलाकार बनेर राष्ट्रिय स्तरमा पुग्नुका साथै समाजमा राम्रो काम गरेर स्थापित हुने अवसर प्रदान होस भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको आयोजकले बताए । कार्यक्रमको सुरुवात प्रदेश नं सातबाट गरिने र क्रमसः सबै प्रदेशमा लैजाने आयोजकले जानकारी दिए । फाराम यसरी भर्न सकिन्छ ।

प्रतिक्रिया