रंग‍-विविध

तुल्सीराम पोखरेलको ‘नीति सङ्ग्रह’ बजारमा

सौर्य अनलाइन २०७५ मंसिर ९ गते १५:३३ मा प्रकाशित

काठमाडौं । विद्वान् आचार्य तुल्सीराम पोखरेलको ‘नीति सङ्ग्रह’ बजारमा आएको छ । नेपाली भाषामा लेखिएको विभिन्न १० खण्डमा विभाजित उक्त नीति सङ्ग्रहमा हिन्दू धर्मका धार्मिक, सामाजिक, मानवीय मूल्य मान्यताका श्लोकहरु रहेको छ ।

सो पुस्तकको प्रकाशनबाट समाजमा रहेका विकृति तथा विसङ्गतिको न्यूनीकरण गर्दै मानिसलाई नैतिकवान बनाउन उत्प्रेरणा मिल्ने आचार्य पोखरेलले बताए । मानिसले ज्ञान र अज्ञान छुट्याउनु नसक्नु नै नेपाली समाजको ठूलो समस्या रहेको धारणा आचार्य पोखरेलको थियो । यो उहाँको दशौँ नीति संग्रह हो ।

काठमाडौंको सामाखुशी साहित्य समाजले शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार डा तुल्सी भट्टराईले उक्त पुस्तकको विमोचन गरे । त्यस अवसरमा उनले श्रीमद्भागवतका ज्ञाता आचार्य पोखरेलको पुस्तक प्रकाशनबाट नेपाली समाजलाई सुमार्गमा लैजान सहयोग मिल्ने बताए ।

सामाखुशी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बाबुराम भण्डारी, श्रीहरि फुँयाल, बमबहादुर थापालगायतका बक्ताले हिन्दू धर्मको विविध पक्षमा प्रकाश पारे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय