खसोग्गी हत्यामा ट्रम्पले आँखा चिम्लिए : टर्की

एजेन्सी, वासिंटन । जमाल खसोग्गीको हत्याबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चासो नदेखाएको भन्दै त्यसप्रति टर्कीका अधिकारीले आलोचना गरेका छन् । टर्कीका विदेशमन्त्री मेभ्लत कवुसोग्लुले ट्रम्पले यस घटनालाई बेवास्ता गर्दै ‘आँखा चिम्लेको’ बताएका छन् ।

ट्रम्पले साउदीसँग आफ्नो व्यवसायिक सम्बन्ध नबिगार्ने प्रतिक्रिया दिएको भोलिपल्टै टर्कीका विदेशमन्त्री मेभ्लतले यस्तो बताएका हुन् । खसोग्गी हत्यामा साउदी राजकुमारको संलग्नता देखिँदा देखिँदै व्यायसायिक सम्बन्ध स्थापित गर्ने ट्रम्पको योजनामाथि मेभ्लतले आलोचना गरेका हुन् ।

साउदी राजकुमारबारे बोल्नुको सट्टा ट्रम्पले व्यापारिक सम्बन्धलाई प्राथमिकता दिएको भन्दै उनले यस घटनालाई बेवास्ता गरेको बताए । उनले न्याया भन्दा पनि व्यापारिक सम्बन्धलाई ट्रम्पले प्राथमिकता दिएको भन्दै त्यसमा आपत्ति जनाएका हुन् ।

शुक्रबार उनले सिएनएनसँग एक अन्तरवार्तामा भनेका छन्, ‘ट्रम्पको अभिव्यक्तिले उनी के भइराखेको छ भन्नेतर्फ बेवास्ता गर्दै आँखा चिम्लिँदै गरेको देखिन्छ । यो ठीक तरिका हैन । सबै चिज पैसा हैन ।’

प्रतिक्रिया