बेरोजगारी प्रमुख समस्या

हाम्रो मुख्य रोजगारी प्राप्त गर्न सकिने क्षेत्र भनेकै कृषि र पर्यटन हो । यो क्षेत्रमा जनशक्तिको आकर्षण नगण्य मात्रै रहेको छ । यस्तो हुनुमा कृषिमा ध्यान नपु¥याउनु र वैज्ञानिक कृषि क्षेत्रलाई आकर्षणको क्षेत्र बनाउन नसक्नुजस्ता कारणले कृषिमा नलागेको यथार्थता सबैले बुझेकै छन् ।

मानवले रोजगारी प्राप्त गर्न नसक्नु नै बेरोजगारी हुनु हो । देशको ठूलो र महत्वपूर्ण जनशक्ति युवाशक्ति अहिले बेरोजगारीको समस्या भोग्न विवश छन् । देशमा सुशासन शान्ति र सहज अवस्था हुँदा मात्रै रोजगारी सिर्जना गर्न सकिन्छ । रोजगारी सिर्जना गर्नका लागि स्थिर सरकार, दीर्घकालीन सोच र नीति नियम भएमा स्वदेशमा नै युवालाई आकर्षित गर्न सकिन्छ ।

हाम्रो सन्दर्भलाई हेर्ने हो भने शिक्षित, अर्धशिक्षित र अशिक्षित तीनै प्रकारका मानिहरू स्वदेशमा रोजगारीको अभाव भएकै कारणले बिदेसिने गरेका छन् । हाम्रो शिक्षा गरिखाने खालको हुने कुनै निश्चित नहँुदा नै खास गरेर शिक्षित व्यक्ति बिदेसिन बाध्य भएका हुन् । आफ्नै देशमा सुन्दर भविष्य देखेमा कुन नेपाली विदेशमा आप्रवासी भएर बस्न रुचाउँछन् र ?

मातृभूमिप्रतिको मोह नहुने सायदै को नै हुन सक्छ र ? अधिकांश नेपालीले यही माटोमा नै श्रम गर्न रुचाउँछन् तर विडम्बना बेरोजगार युवा जनशक्तिको उपयोग गर्ने कुनै नीति योजना र सुनिश्चितता देखिन्न । कुनै विषयमा तिमी योग्य छौ भनेर मान्यता दिएर शिक्षित दीक्षितको रूपमा वर्गीकरण चाहिने तर उसले प्राप्त गरेको प्रमाणपत्रले कतै काम गरेर पेट पाल्ने पारिश्रमिक पाउन सक्दैन भने त्यो योग्यताको प्रमाणपत्रले मात्रै के गर्छ र होइन त ? शिक्षा लिनु आपैmँमा सकारात्मक र महत्वपूर्ण कार्य हो, काम पाउन मात्रै पढ्ने भन्ने नभए पनि २० वर्ष पढेर पनि रोजगारी प्राप्त गर्न पाइँदैन भने सचेत बन्नका लागि मात्र त्यति लामो समय खर्चनु व्यर्थ हुन जान्छ ।

समसामयिक राजनीति, इतिहास, अर्थशास्त्र, मानवशास्त्र, भूगोल, समाजशास्त्र, धर्मशास्त्र र संस्कृतिजस्ता विषयमा सामान्य जानकार हुन पनि अध्ययनको खाँचो त रहन्छ नै तर अध्ययन पश्चात् कुनै क्षेत्रमा रोजगार पाउन पनि आपूm सक्षम हँुदैन भने समग्रमा कामलाग्दो त हुँदैन । काम गरेर त जीवनयापन गर्न कठिन हुने समय छ भने बेकामी बनेर जीवन चल्नै नसक्ने पनि त वास्तविकता बनेको छ । खोइ त यसप्रति राज्यका सञ्चालकको ध्यान केन्द्रित भएको ? सबै दललाई सत्ता मात्रै प्यारो त्यो प्राप्त गर्नु नै अन्तिम लक्ष्य भएपछि कसरी आमजनताले रोजगारीको क्षेत्र निर्माण गर्न सक्छन् ।

सामान्य अक्षर लेख्न र पढ्न जान्ने साक्षर व्यक्तिदेखि सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गर्ने हो भने अनि सबै परदेश जाने हो भने कसरी नेपालको विकास सम्भव हुन्छ होला । विदेशमा गएर पीडादायी कार्यमा लाग्दै श्रमिकबाट पठाइएको रमकबाट रमाउनु किमार्थ राम्रो होइन । क्षणिकरूपमा विप्रेषण रकम उपयोगी होला तर दीर्घकालमा यो प्रत्युत्पादक नहुनसक्छ । देशभित्र रोजगारी सिर्जना गर्नका लागि उद्योग कलकारखाना बर्सेनि थप्दै लैजानुपर्नेमा जेनतेन चलेका रुग्ण उद्योग पनि विविध कारणले बन्द हुन थालेका छन् ।

बर्सेनि नेपाली श्रम बजारमा ५÷६ लाख युवा श्रमका लागि तयार हुन्छन् । स्वदेशमा १० प्रतिशत पनि खपत हुने अवस्था देखिँदैन । अनि कसरी नेपाली श्रमबजार श्रमिकका लागि आकर्षक हुन्छ त ? अर्को समस्या भनेको नेपालीमा स्वदेशमा सानो काम अथवा कम पारिश्रमिक पाइने काम गर्न लजाउने प्रवृत्तिले पनि बेरोजगारी बढेको होे ।

हाम्रो मुख्य रोजगारी प्राप्त गर्न सकिने क्षेत्र भनेकै कृषि र पर्यटन हो । यो क्षेत्रमा जनशक्तिको आकर्षण नगण्य मात्रै रहेको छ । यस्तो हुनुमा कृषिमा ध्यान नपु¥याउनु र वैज्ञानिक कृषि क्षेत्रलाई आकर्षणको क्षेत्र बनाउन नसक्नुजस्ता कारणले कृषिमा नलागेको यथार्थता सबैले बुझेकै छन् ।

पर्यटन क्षेत्र पनि नयाँनयाँ पर्यटकीय स्थलको खोजी नगर्ने भएका स्थलमा पनि सेवा सुविधा उपलब्ध नगराउने, पर्यटकको सुरक्षाको प्रत्याभूति नहुने अनि पर्याप्त मात्रमा पर्यटकको स्थलको प्रचारप्रसार नगने र प्रक्रियामुखी प्रशासन बन्द हड्ताल नाकाबन्दीजस्ता विविध कारणले नराम्ररी प्रभावित भएको छ । ७२ सालको भूकम्पका कारणले क्षतिग्रस्त सम्पदास्थल र अन्य पर्यटकीय क्षेत्रमा पु¥याएको भौतिक क्षतिका कारण पनि पर्यटन व्यवसाय पछाडि पर्न गएको छ ।

लघुकर्जा दिएर अझै सकिन्छ भने कृषि र पयर्टन क्षेत्रमा युवालाई आकर्षित गर्नका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत दरमा ऋण उपलब्ध गराउँदै श्रम बजारको सिर्जना गर्न सक्ने हो भने स्वदेशमा नै रोजगारीको प्रशस्तै सम्भावना छन् जसका लागि सम्बन्धित निकाय गम्भीर हुनैपर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रले ४ लाख ८७ हजार ५ सय प्रत्यक्ष र १० लाख ५९ हजार अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।

त्यस्तै, सन् २०२५ मा ६ लाख ८१ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने कुरा प्रक्षेपण गरेको छ । उपरोक्त तथ्यांकबाट नै प्रस्ट हुन्छ, पर्यटनले नेपाली अर्थतन्त्र, रोजगारी एवं सामाजिक क्षेत्रमा सकारात्मक एवं उल्लेख्य योगदान गरेको छ । विदेशी पर्यटकहरूको मात्र होइन, आन्तरिक पर्यटनको पनि धेरै नै ठूलो योगदान रहेको छ, नेपाली पर्यटन उद्योगमा ।

नेपालीहरू घुम्न जाने, घरमा भन्दा खाना खानका लागि रेस्टुरेन्टमा जोड गर्ने र रमाइलो गर्ने संस्कारको विकास द्रुतगतिमा भएको छ । सस्तो गेस्ट हाउस खोज्दै हिँड्ने, बाटोमा पाउरोटी र चटपटे खाँदै हिँड्ने र दिनको २० डलरभन्दा कम खर्च गर्ने विदेशी (झोले) पर्यटकभन्दा निकै धेरै गुना खर्च गरेर घुम्ने नेपालीको संख्या उल्लेख्य छ, नेपालमा । त्यसैले, सम्भावनाहरू बोकेको नेपाली पर्यटनबाट अवसरहरू सिर्जना गर्न आन्तरिक पर्यटनको पनि उत्तिकै प्रवद्र्धन गर्नु जरुरी छ ।

प्रतिक्रिया