चौलागाईंलाई सर्वोत्कृष्ट अवार्ड

काठमाडौं । विन्ध्यवासिनी फाउन्डेसनले आयोजना गरेको ‘नवौं मुक्तिनाथ विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७५’ मा सर्वोत्कृष्ट भाकाको अवार्ड गीतकार गणेश चौलागाईंले जितेका छन् । उनले सर्वोत्कृष्ट लोकदोहोरी भाकाको अवार्ड ‘माया लाजमा फसेको’ बाट अवार्ड जित्न सफल भएका हुन् ।

शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न अर्वाड वितरण कार्यक्रममा विभिन्न प्रतिस्पर्धी ३३ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा गायक राजकृष्ण ढकाल, आनन्द कार्की, दुर्गा परियारलगायतले आफ्ना चर्चित गीतमार्फत अवार्ड समारोहलाई संगीतमय तुल्याएका थिए ।

अग्रज सिनेकर्मी तथा सञ्चारकर्मी दिनेश डिसीले प्रहसनसहित सञ्चालन गरेको सो अवार्ड समारोहमा शिव विक, दीपासा बिसी, निर्मला निरौला, काजिस श्रेष्ठ, शंकर बिसी, रिना थापामगर लगायतको नृत्यले समारोहमा दर्शकलाईसमेत नचाएका थिए ।

प्रतिक्रिया