भट्टराईको ‘शिवलीला’ र ‘अग्रता काली’ विमोचित

काठमाडौं । गीतकार इन्जिनियर कुमार भट्टराईले रचना गरेका ‘शिवलीला’ र ‘अग्रता काली’ शीर्षकका दुई भजनसंग्रह सार्वजनिक गरिएको छ । लीला सोलुसन प्रालिद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले उक्त कृतिको विमोचन गरे । उनले धर्म, जाति वा भूगोलका आधारमा कसैले कसैलाई पनि विभेद गर्न नहुने बताए । उनले धर्म र संस्कृतिले समाजलाई जोड्ने बताउँदै भने, ‘स्रष्टाले सिर्जनामार्फत समाजलाई सकारात्मक सन्देश दिनुपर्दछ ।’


‘अग्रता काली’मा ‘वेद नै अब विज्ञान सरी’ (स्वरः मिलन नेवार अमात्य), ‘नमो देव्यै’ (स्वरः मनोजराज शिवाकोटी) र ‘आकाशपारि ब्रह्माण्डमा’ (स्वरः मनोजराज शिवाकोटी) गीत समावेश गरिएको छ । त्यसैगरी ‘धर्म पनि हरायो’ (स्वरः तुलसी पराजुली), ‘देव अपूरा’ (स्वरः तुलसी पराजुली), ‘नमो स्तुते’ (स्वरः डा विदुर बस्ती र ईश्वर अमात्य) तथा शिवलीलामा ‘भन शिव तिमी नेपालमै’ (स्वरः प्रताप दास), ‘आकाशपारि ब्रह्माण्डमा’ (स्वरः मनोजराज शिवकोटी), ‘कहिले घाम कहिले पानी’ (स्वरः कर्माग्याल्छेन बम्जन), ‘लीला तिम्रै, कृपा तिम्रै’ (स्वरः कर्माग्याछेन बम्जन) र ‘पानी नि पिउदिँदन’ (मनीषा पोखरेल) लगायत गीत समावेश गरिएको छ । भट्टराईको विसं २०५१ मा ‘मेरो जीवन’ शीर्षक कविता तथा गीत समावेश गरिएको पुस्तक पहिलोपटक प्रकाशन भएको थियो ।

प्रतिक्रिया