अनाथलाई सत्यसाई समूहको सहयोग

रौतहट । श्री सत्य साई बाबाको ९३आैँ जन्मदिवसको अवसर पारेर अनथालयका बालबालिकालाई सहयोग गरिएको छ ।

श्री सत्य साई भजन समूह चन्द्रनिगाहपुरले शुक्रबार रौतहटको गरुडा नगरपालिका–४ स्थित बंशिराम जैसवाल अनाथालयका बालबालिकालाई खाद्यान्न र लत्ताकपडा वितरण गरेर सहयोग गरेको हो ।

श्री सत्य साई बाबाको ९३आँै जन्मदिवसको उपलक्ष्य पारेर भजन समूहले अनाथालयका बालबालिकालाई लगाउने कपडा र खाद्यान्न समाग्री बितरण गरेको समूहका सल्लाहकार तथा वरिष्ठ पत्रकार शिव पुरीले बताए । अनाथालयमा ३० जना बालबालिका छन् ।

उनीहरू सबै टुहुरा हुन् । त्यहाँका बालबालिकालाई भवनको अभाव देखिएको छ । भजन समूहले बिहान बालबालिकालाई मिठाई वितरण गरेको थियो । बिगत लामो समयदेखि सत्यसाई भजन समूह चन्द्रनिगाहपुरले अनाथालयमा सेवाको कार्यक्रम गर्दै आएको र आउ“दा दिनमा समेत सहयोग निरन्तर गरिरहने जनाएको छ ।

प्रतिक्रिया