च्यासलको पहिलो जित

काठमाडौं । च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) लाई धेरै गोलको अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । एकपक्षीय खेलमा च्यासलले एनआरटीलाई ५–१ को गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

यसअघि पहिलो दुई खेलमा एकमा हार तथा अर्कोमा बराबरी खेलेको च्यासलले पहिलो खेलमा मछिन्द्र क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो भने आर्मीसँग १–० गोलअन्तरले पराजित भएको थियो । च्यासलको जितमा अमिर श्रेष्ठ र विमल घर्तीमगरले दुई÷दुई गोल गरे भने सन्तोष साउखलले एक गोल थपे ।

अमिरले खेलको पहिलो हाफको १४औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै, उनले खेलको पहिलो हाफको २९औँ मिनेटमा व्यक्तिगत रूपमा दोस्रो गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफसम्म २–० ले अगाडि रहेको च्यासलले दोस्रो हाफमा तीन गोल थप्यो । खेलको ५६औँ मिनेटमा विमलले गोल गर्दै च्यासलको अग्रता तेब्बर बनाए भने अर्का खेलाडी सन्तोषले खेलको ६३आँै मिनेटमा एक गोल थपे । त्यसैगरी, विमलले खेलको ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

यता एनआरटीका लागि विदेशी खेलाडी मोसुद अग्बोलाले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक सान्त्वना गोल फर्काएका थिए । च्यासलमा विमलको यो खेल नै लिगको अन्तिम खेल हो । विमल ‘ट्रायल’ का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेलमा उनी उपलब्ध हुने छैनन् । यो जितसँगै च्यासलले अंक तालिकामा चार अंक जोडेको छ भने एनआरटीको १ अंक छ ।

प्रतिक्रिया