१५ विद्यालयमा सेनेटरी प्याड वितरण

ललितपुर । महालक्ष्मी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित १५ वटा निजी तथा सामुदायिक विद्यालय तहका किशोरी तथा शिक्षिकाहरूलाई सेनेटरी प्याड वितरण गरेको छ ।

महालक्ष्मीको लुभुमा सञ्चालित लुभु पी ए र नगरपालिकाले त्यहाँका करिब १२ देखि १५ सय किशोरी तथा शिक्षिकाहरूलाई महिनावारी हुँदा कुनै समस्या नपरोस् भनी बजारबाट खरिद गरिएको प्याड निःशुल्क वितरण गरेको हो ।

महिनावारी हुँदा किशोरीहरू विद्यालय आउन नमान्ने, पठनपाठनको क्षेत्रमा किशोरीहरू पछि पर्दै जाने समस्या बढ्दै गएको भन्दै वितरण गरिएको नगरपालिकाकी उपप्रमुख निर्मला थापाले जानकारी दिइन् । सेनेटरी प्याड वितरण पछि नगरपालिकामा सञ्चालित प्रत्येक विद्यालयका किशोरीहरु महिनावारी हुदा नियमित विद्यालय अध्ययन गर्न आउने क्रम बढेको उनले बताइन् ।

‘म उप–प्रमुख हुनुपुर्व विगतमा एक शिक्षिका पनि थिए’, थापाले भनिन्, ‘शिक्षिका हुँदा महिनावारी भएका धेरैजसो किशोरीहरु विद्यालय अनुपस्थित हुने गर्थे । त्यसैले किशोरीहरु दैनिक शिक्षा आर्जन गर्न नियमित विद्यालय आउन भन्ने उद्देश्यको साथ सेनेटरि प्याड वितरण गर्याै ।’

नगरपालिकाले दश वर्षमाथि उमेरका किशोरीलाई पि ए सि नर्सबाट सेनेटरी प्याड प्रयोग बिधिबारे जानकारी दिइएको छ । नगरपालिकामा रहेका प्रत्येक विद्यालयका एक किशोरी बराबर करिव ५ महिनालाई पुग्ने सेनेटरी प्याड वितरण भएको नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया