विश्व म्याराथनमा दुई खेलाडी

काठमाडौं । जापानको ओसाकामा आयोजना हुने विश्वस्तरीय ओसाका म्याराथन–२०१८ मा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । मंसिर ९ गते आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट धर्म महर्जन र पुष्पलाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगितामा सहभागी हुन जाने चार सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरे । सरकारको सहयोग तथा राखेप र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसनको व्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीको टोली व्यवस्थापकमा रजत श्रेष्ठ र प्रशिक्षकमा बैकुण्ठ मानन्धर छन् ।

प्रशिक्षक मानन्धरले अन्तर्राष्ट्रिय प्रशिक्षण नभए तापनि नेपाली धावकले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । १० वर्षदेखि फाउन्डेसनले खेल तथा खेलाडीको विकासमा सदैव सहयोग गर्दै आएको फाउन्डेसनका संस्थापक अध्यक्ष डा। खगेन्द्रबहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया