दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ

बारा । नेपाल युवा क्लब, बाराले जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङको निर्माण गरेको छ । केही समय यता जीतपुरमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न यस क्लबले जेब्रा क्रसिङ बनाएको हो ।

जेब्रा क्रसिङ नहँुदा सवारी साधन बजार क्षेत्रमा द्रुत गतिमा चलाउने र पैदल यात्रुलाई सडक पार गर्न समस्या हुनुका साथै दुर्घटना बढ्दै गएकोले यो कार्यक्रमको आयोजना गरेको नेपाल युवा क्लब, बाराका अध्यक्ष अयुब खाँले जानकारी दिए ।

क्लबले जीतपुर इलाका प्रहरी कार्यालयदेखि रातो पुलसम्म गरी पाँच स्थानमा जेब्रा क्रसिङ बनाएको छ । करिब ८० जनाको सदस्यता रहेको यस क्लबका सदस्यहरूले आपैmँले चन्दा संकलन गरेर यो काम गरेको समेत अध्यक्ष खाँले जानकारी दिए ।

यता विकास निर्माणको कार्यमा सबैको सहकार्य हुन आवश्यक रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती चौधरीले बताएका छन् । उनले जिल्लाकै मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको जीतपुर बजार क्षेत्रमा मानिसहरूको चाप बढ्दै गएको अवस्थामा दुर्घटनामा समेत वृद्धि भएको जनाउँदै त्यसलाई न्यूनीकरण गर्न यस क्लबले देखाएको सक्रियताप्रति धन्यवाद दिएका छन् ।

यस उपमहानगरपालिकाको जीतपुर क्षेत्रमा पछिलोसमय एक हप्तामा करिब १० ओटाभन्दा बढी दुर्घटना भएको जसमा पाँच जनाको मृत्यु भएको जीतपुर ट्राफिक पोस्टका प्रहरी हवलदार शैलेन्द्र यादवले जानकारी दिएका छन् ।

क्लबका अध्यक्ष खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरीक्षक रामउदय राउत शर्मा, जीपतुरका समाजसेवी राजुराज गिरी, स्थानीय सुनील गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया