नेपाल–अफ्रिका चलचित्र महोत्सव

काठमाडौं । नेपाल र अफ्रिकाबीचको सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ चलचित्र महोत्सव हुने भएको छ । आगामी सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ दृई दिनसम्म चल्ने छ ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन (सिजेएमसी) ले गर्न लागेको उक्त महोत्सव गर्न लागेको हो । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुने महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ वटा चलचित्र प्रदर्शनी गरिने महोत्सवका निर्देशक डा। मञ्जु मिश्रले जानकारी दिइन् ।

नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताइन् ।  महोत्सवमा चलचित्र विदेशी चलचित्र निर्देशकसमेत उपस्थित रहनेछन् ।

महोत्सवमा इजिप्टको ‘नासिर ५६’, स्वीजरल्यान्डको ‘लाइफ इन प्रोगेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मि थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित चलचित्र छायालगायतको प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया