साइनो बनाउँदै चन्द

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा पहिलो अभिनेत्रीको पहिचान बनाएकी कलाकार भुवन चन्दले चलचित्र निर्माण गर्ने भएक िछन् । राजधानीमा एक कार्यक्रमका बीच उनले प्रेम कथामा आधारित चलचित्र ‘साइनो’ निर्माण गर्ने घोषणा गरेकी हुन् ।

चन्द्रविनायक फिल्म प्रोडक्सनको प्रस्तुतिमा बन्न लागेको उक्त चलचित्रको छायांकन सोमबारदेखि सुरु भएको छ । साइनोमा अभिनेत्रीमा नीता ढुंगाना र मिरुना मगर तथा अभिनेतामा राजकुमार अनुबन्ध भएका छन् । चलचित्रको कार्यकारी निर्माता शरण थापा र निर्देशक रमेश थापा रहेका छन् । वसन्त सापकोटाको संगीत तथा अभिमन्यू ‘निरवी’ को कथा र संवाद रहेको यो चलचित्रले सामाजिक विषयलाई उठाउने निर्माण पक्षले जनाएको छ ।

अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्री चन्दको चलचित्रमा आफू आबद्ध हुन पाउनु ठूलो अवसर भएको र सो भूमिकालाई न्याय दिने बताइन् । नवनायक राजकुमारले भूमिका राम्रो लागेकाले सो चलचित्रमा अभिनय गर्न लागेको बताए ।

‘साइनो’ मा भुवन चन्द, मदनदास श्रेष्ठ, वसुन्धरा भुसाल, शिखा मल्ल, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, विशाल पहाडी, राजा राजेन्द्र पोखरेल, रोय दीप श्रेष्ठ, रेगन क्षेत्री, वसुकला मैनाली, भीमसेन लामा, सविक सुर्खेतीलगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको छायांकन काठमाडौं, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका स्थानमा गरिने जनाइएको छ ।

प्रतिक्रिया