कर दिवसमा प्रभातफेरी

बारा । बाराको सिमरामा रहेको आन्तरिक राजश्व कार्यलय सिमराले सातौँ कर दिवसको अवसरमा शनिवार प्रभातफेरी कार्यक्रम गरेको छ ।

आन्तरिक राजश्व कार्यलयबाट निकालिएको प्रभात फेरी नगर परिक्रमा गरी पुनः कार्यलयमा गएर सम्पन्न भएको थियो । सरकारले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन १ मंसिरमा राष्ट्रिय कर दिवसका रूपमा मनाउने गरेको छ ।

आन्तरीक राजश्व कार्यलय सिमराका कर अधिकृत तुलसी प्रसाद चौलागाईले राज्यप्रतिको आफ्नो दायीत्व सम्झेर कर तिर्न सबै सेवा गा्रहीहरूलाइ आग्रह गरेका छन् । सातौँ राष्ट्रिय कर दिवसको अवसरमा बाराको सिमरामा सम्पन्न प्रभातफेरी तथा औपचारीक कार्यक्रममा बोल्दै उनले सबै सेवा ग्राहीहरूले कर तिर्नु भनेको राज्यलाई सम्बृद्ध बनाउने कुरा हो भने ।

कर अधिकृत चौलागाईले सिमान्कृत वर्गको विकासको लागि समाजिक भावनाले ओतप्रोत भएर कर तिर्नुपर्ने भन्दै समयमा कर तिर्ने बानीले आत्म गौरव बढाउने कुरा सबैलाई जानकारी गराए ।

४० हजार करदाता रहेको यस कार्यलयमा ४ हजाार करदता मुल्य अभिबृद्वि करमा आवद्व छन् । आन्तरिक राजश्व कार्यलय सिमराले चालु आर्थिक वर्षमा ११ अरब ३० करोड राजश्व उठाउने लक्षय लिएको छ । कार्यालयले हालसम्म ७० प्रतिशत लक्ष्य पुरा गरेको अधिकृत चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया