बम राख्ने व्यक्ति सार्वजनिक

बाँके । बिहीबार दिनभर नेपालगञ्जलाई आतंकित बनाउने गरी पुष्पलाल चोकमा बम राख्ने व्यक्तिलाई बाँके प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार राती नै कमान्डो गु्रपका नाममा आतंक मच्चाउने व्यक्तिलाई फन्दामा पारेको हो । ‘जिल्लाका चारै नाकाबाट कर्डन एन्ड सर्च अपरेसन गरेको प्रहरीले आशंकित धेरै व्यक्तिहरू बीचबाट बम राख्नेलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला

प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।
पक्राउपर्नेमा जाजरकोट जिल्लाका २७ वर्षीय दयालु उपनामका प्रदीप वली रहेको पौडेलले जानकारी गराए । आमनागरिकमा डर, त्रास, आतंक फैलाउने उद्देश्यले बम राखिएको खुलेको हो ।

सो व्यक्ति कुनै पनि राजनितिक दलमा आबद्ध नभएको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्ति सामान्य परिवारको भएको हँुदा भारतमा मजदुर गर्दै गरेको र बीचमा काम गर्ने ठाउँमा बम बनाउन सिकेको हुनसक्ने प्रहरीले जनाएको छ ।

‘हामी नेपाली हाम्रो नेपाल’ को अध्यक्ष बताउने पक्राउ परेका वलीको साथबाट ४१ हजार ५ सय १० नेपाली, तीन सय भारतीय रुपैयाँ र धेरै सिमकार्डहरू उपलब्ध भएको प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।

निज अपराधीबाट अरू सुचना उपलब्ध हुनसक्ने भन्दै अनुसन्धान जारी गरिएको छ । बम राख्ने अपराधीलाई मुलुकी ऐनअन्तर्गत १० वर्ष कैद र एक लाख जरिवाना हुने बताइएको छ । बिहीबार विहान ९ बजेतिर राखिएको बम नेपाली सेनाले चार बजेतिर डिस्पोज गरेको थियो । मुख्य चोकमा बमको आतंक मच्चिदा झन्डै चार घण्टासम्म पुष्पलाल चोक आतंकित बनेको थियो ।

प्रतिक्रिया