सामुदायिक स्वास्थ्य इकाई स्थापना

सल्यान । दार्मा गाउँपालिकाभित्र रहेको ज्यामिरेचौरमा बुधबार सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । गाउँपालिकाले विनियोजन गरको पाँच लाख बजेटवाट भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए ।

यस गाउँपालिकाभित्र रहेका ६ वटा वडामा स्वास्थ्यको पहुँच विस्तार गर्ने काम सुरु भएको बताउँदै अध्यक्ष केसीले जनतालाई पायक पर्ने र ठूलो भूगोलमा वस्ने सर्वसाधारणलाई स्वास्थ्यको सेवा लिन सहज वनाउन यो वर्ष दुई वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको जानकारी दिए ।

भवन निर्माणका लागि स्थानीय डण्डवीर कामीले २ रोपनी २ आना जग्गा निःशुल्क उपलब्ध गराएकोमा धन्यवाद दिँदै अध्यक्ष केसीले यस वर्ष इकाईमा कार्यरत कर्मचारीका लागि चार लाख रकम छुट्याइएको बताए ।  गाउँमै सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीयले बाजागाजा र सांस्कृतिक कार्यक्रमसहित खुसियाली मनाएका छन् । गाउँमै स्वास्थ्य इकाई सञ्चालनमा आएपछि स्थानीय खुुसी भएको स्थानीय धनबहादुर विकले बताए ।

‘सामान्य स्वास्थ्य चेकजाँचका लागि समेत चार घण्टा सम्मको पैदल यात्रा गर्नुपर्ने वाध्यता थियो उनले भने, अब भने धेरै सहज हुनेभयो ।’ सामान्य स्वास्थ्य चेकजाँचका लागि त्रिवेणी, भल्चौर, दार्माकोटमा रहेको स्वास्थ्यचौकी जानुपर्ने वाध्यता हटेकोले सजिलै आप्mनै गाउँठाउँमा उपचार पाइने भएकाले स्थानीयले गाउँपालिकाको प्रशंसा गर्न थालेका छन् ।
पूर्व सामान्य प्रशासन मन्त्रीद्दारा उद्घाटन

इकाईको बुधवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले इकाईको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै उनले जनताले स्वास्थ्य सेवा पाउने गरी संविधानमा मौलिक हकको रूपमा रहेको भन्दै मौलिक हक कार्यान्वयनका लागि ऐननियम निर्माण भएको बताए ।

पूर्व सामान्य प्रशासन मन्त्रीसमेत रहेका बस्नेतले विकास भनेको बाटो मात्र बनाउनु होइन मानवीय विकासलाई पनि जोडेर लैजान संघ, प्रदेश र स्थानीय सरकार लागि परेको बताए । ‘जनताको सहभागिताले मात्र दिगो विकास सम्भव छ’, उनले भने, ‘सबै तहबाट हुने काममा जनतालाई सक्रिय सहभागी बनाउन लागिपरेका छांँ ।’

यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशसभा सदस्य गुलाबजंग शाहले गाउँमा भएका विकास निर्माणलाई जनताले दिगो रूपमा उपयोग र संरक्षण गर्नुपर्ने बताए । निर्माण भएका साधान स्रोत उपयोगमा ध्यान दिऔँ । ‘दूरदराजका जनतालाई स्वास्थ्यको सेवाको पहँुचमा ल्याउन कर्णाली प्रदेश सरकार स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्छ,’ उनले भने ।

प्रतिक्रिया