विकास र विष्णुको विजयी सुरुआत

काठमाडौं । पूर्व–राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन् । मंगलबार भएको खेलमा विकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ले तथा विष्णुले सुर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे ।

यस्तै, एपिएफका सुनील जोशी, सुदीप सेढार्इं र साजन कृष्ण ताम्राकारले पनि पहिलो दिन जित निकाले । सुनीलले सुर्खेतका नरेन्द्र ठकुरीलाई २१–१२, २१–९ले, सुदीपले जेष्ट ब्याडमिन्टनका सुजन थापालाई २१–१३, २१–१७ तथा साजनले ललितपुरका मोहन गुरुङलाई २१–१८, २१–११ ले पाखा लगाए ।

पहिलो चरणको जित निकाल्ने क्रममा पुलिसका नीर विक्रम देवकोटाले बाँकेका इरफान अन्सारीलाई २१–१३, २१–११ ले, सेनाका रुकेश महर्जनले जेष्टका अखिल श्रेष्ठलाई २१–१३, २१–१५, एपिएफका विजित थापाले जेष्टका अर्जुन तामाङलाई २१–११, २१–५, पुलिसका जीवन आचार्यले जेष्टका प्रियान्सु सिंह क्षेत्रीलाई १२–२१, २१–९ र २१–११, सेनाका नवीन श्रेष्ठले एपिएफका निराजन देवकोटालाई २१–१२, २१–१२, एपिएफका गौतम कठायतले पुलिसका पूर्ण थापालाई २१–८, २१–१६, सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका पविन लिनथेपलाई २१–६, २१–१९, पुलिसका दीपक बोहराले एपिएफका सुमन लिम्बूलाई २१–१४, १६–२१ र २१–१४ तथा सेनाका प्रफुल महर्जनले बाँकेका रियाज अन्सारीलाई २१–११, २१–१० ले पछाडि पार्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए ।

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१७ पुरुष एकल तर्फको खेलमा दाङका सुरज गुप्ता र कैलालीका जयबी साउदले जित निकाल्दै दोस्रो चरण प्रवेश गरे । सुरजले पाल्पाका सुमितकुमार घिमिरेलाई २१–१३, २७–२५ तथा साउदले आदर्श रावललाई २१–१५, २१–९ ले पराजित गरे ।

यस्तै, दाङका हिमांशु कुँवरले चितवनका निश्चल बस्नेतबाट वाक ओभर पाए । जित निकाल्ने क्रममा चितवनका अलिश थापाले कपिलवस्तुका रोहित बराललाई २१–१२, २१–१२को समान अन्तरमा, सुर्खेतका नरेन्द्र ठकुरीले सेनाका सहज शाक्यलाई २१–१४, २१–९, बाराका अनिश खतिवडाले कञ्चनपुरका सञ्जीव भण्डारीलाई २१–१३, २१–१७, कञ्चनपुरका विवेक चौधरीले मोरङका जोन जसराजलाई २१–१०, २१–१६, कैलालीका अमृत चौधरीले धन्वन्तरीका सुदन तामाङलाई २१–११, २१–७, नेपालगञ्जका सजल थापाले दाङका सफिक इद्रिसलाई २५–२३, २२–२०, चितवनका मनीष थापाले सुर्खेतका रोहित मल्ललाई २२–२०, १२–२१ र २१–१८, कञ्चनपुरका हिमाल चन्दले इटहरीका सुदर्शन गुरुङलाई २१–१९, २४–२२ तथा तेह्रथुमका क्षितिज केसीले ललितपुरका अनमोल आचार्यलाई २१–१८, २१–१२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

महिला एकलतर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीकी साफी खत्री र सेनाकी रञ्जना भट्टले जित निकाले । खत्रीले झापाकी अञ्जना राईलाई २२–२०, २१–१९ तथा भट्टले जेष्टकी स्मृति राईलाई २१–८, २०–२२ र २१–१५ ले जित निकाल्दै दोस्रो चरणमा स्थान पक्का गरे ।
यस्तै, पहिलो चरणमा जित निकाल्दै दोस्रो चरण प्रवेश गर्ने पुरुष युगलमा ललितपुरका सुनील शाक्य र सुमन शाक्यको जोडी, रदीप महर्जन र भुवन श्रेष्ठको जोडी, श्रीजन ताम्राकार र राजेन्द्र महर्जनको जोडी, प्रदीप महर्जन र विकास महर्जनको जोडी तथा दौथ राई र गणेश गुरुङको जोडी रहेका छन् । यसैगरी जेष्ट ब्याडमिन्टनका सुजन थापा र राम बानियाँको जोडी तथा एपिएफका गौतम कठायत र सुनील जोशीको जोडीले पनि दोस्रो चरणमा स्थान बनाए ।

प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, यु – १७ पुरुष÷ महिला तथा भेट्रान्स ४५ वर्ष माथिको प्रतिस्पर्धा हुनेछ । पुरुष एकलमा ३०, महिला एकलमा १८, पुरुष युगलमा २३ जोडी, महिला युगलमा ८ जोडी, पुरुष यु–१७ मा २८, महिला यु–१७ मा १२ र भेट्रान्सतर्फ १५ जोडीले सहभागिता जनाएका छन् ।

पुरुष र महिला एकलतर्फ तीन शीर्ष स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद ५०, २५ र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले २०, १० र ५ तथा यू–१७ तर्फका शीर्ष तीन स्थान हात पार्नेले १५, ७ र ५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, भेट्रान्स तर्फका विजयी शीर्ष तीन स्थानका खेलाडीहरूले ट्रफी, मेडल, प्रमाणपत्रका साथै खेला सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया