धर्म परिवर्तनमा कडाइ आवश्यक

बर्दियामा केही व्यक्तिको समूह घरदैलो पुगेर धर्मको प्रचार–प्रसार गर्दै हि“डेको अवस्थामा अस्ट्रेलियन नागरिक क्याटिया ग्रानसहित नेपालगञ्जका निवासी श्वेता मानन्धर, श्रीजन मानन्धर, दैलेखका तेजबहादुर शाही र मधुवन नगरपालिका–६ बर्दियाका दलबहादुर तिरुवा पक्राउ परेका छन् । उनीहरू धर्म प्रचारकै लागि घरदैलोमा हि“डेको पुष्टि भएको कुरा त्यहा“का प्रमुख जिल्ला अधिकारीले सार्वजनिकरूपमै स्वीकार गरेका छन् । भिजिट भिसामा नेपाल आएकी अस्ट्रेलियन नागरिक क्याटिया गैरकानुनी काममा संलग्न भएको पाएपछि पक्राउ गरिएको हो । नेपालमा मुलुकी अपराध संहिताले मानिसको धर्म परिवर्तन गराउने कार्यलाई गैरकानुनी भन्दै दण्डको सजाय गरेको छ । मुलुकी अपराधसंहिता ०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा चलाउन सकिने व्यवस्था छ । सो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैया“सम्म जरिवाना हुने व्यवस्था छ । तर, विदेशीको हकमा भने कैद भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनुपर्नेछ । उनीहरूबाट सोधपुछ र चेकजा“चका क्रममा बाइबल, डायरी, पर्चा पम्प्लेटलगायत भिडियो फेला परेको समाचार छ ।

यो त पछिल्लो एउटा उदाहरण मात्रै हो नेपालमा धर्म परिवर्तन गराउन जिल्ला जिल्लामा टोल टोलमा मानिसहरू खटिएका छन् । विभिन्न प्रलोभन दिएर धर्म परिवर्तन गराउने गरिएको छ । खासगरी दुर्गम क्षेत्रका विपन्न परिवारहरू यसरी धर्म परिवर्तन गराउने मध्येमा पर्दछन् । आर्थिकरूपले गरिब, शैक्षिक रूपले निरक्षर र चेतनाका दृष्टिले पछाडि परेकाहरू यस्ता दलालको सिकार हुने गरेका छन् । धर्म परिवर्तन भन्नाले आफ्नो परम्परागत धर्मलाई छाडी अन्य धर्म अंगिकार गर्नु हो । नेपालमा यसरी विभिन्न प्रलोभन दिएर क्रिश्चियन धर्मको अनुयायी बनाउने अभियान चलेको छ । उनीहरूले हिन्दू धर्मका मानिस मात्र होइन बौद्ध, किरा“त धर्मका अनुयायीलाई पनि निशाना बनाउने गरेका छन् । तराईको समथल भागमा यसको अपेक्षाकृत कम प्रभाव भए पनि पहाडि तथा हिमाली जिल्लामा यसको डरलाग्दो रूप देखिएको छ । किरा“त धर्मलाई त यसले निलिसक्नै लागेको किरा“त धर्म गुरुहरू नै बताउने गर्छन् । हिमाली तथा पहाडि जिल्लामा राज्यको पहु“च कमजोर हुनु र धर्म परिवर्तन गराउने विदेशीलाई पनि ट्रेकिङको बहाना हुने भएकाले यस्तो कार्य पनि उतै धेरै फस्टाएको हो । संसारको दोश्रो अर्थतन्त्र भएको देश चीन नेपालको उत्तरतर्फ अवस्थित छ । समाजवादी चीनको अर्थतन्त्र कमजोर बनाउन सके आफ्नो व्यापार फस्टाउने ध्येय पश्चिमा (युरोप तथा अमेरिकी) लाई छ ।

उसो त लोकतन्त्रमा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सबैलाई हुन्छ । लाउडिस्पिकर राखेर पुराणआदी लगाउने हिन्दूहरूको प्रचलन पनि एक किसिमको धर्म प्रचार नै हो भने धर्मनिरपेक्ष गणतन्त्रात्मक मुलुकमा क्रिश्चियनले चाहि“ यो सुविधा किन नपाउने ? भन्ने प्रश्न पनि छ । हो सबैले अ–आफ्नो धर्मको प्रचार गर्न पाउ“छन्, तर कसैले जबर्जस्ती वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन पाउ“दैनन् । क्रिश्चियनको हकमा यो अलि बेग्लै ढंगले सोच्न आवश्यक छ । धर्मको आडमा राजनीतिको रोटी सेक्ने प्रचलन संसारभरी छ । नेपालमा क्रिश्चियानिटी बढ्नुमा चीन नै मुख्य कारण भएको मान्नेहरू धेरै छन् । धर्मको घुसपैठले राजनीतिक असन्तोष फैलाउने र अर्थतन्त्र तहस नहस बनाउने ध्येय हुन सक्छ । यदि यसो हो भने यसले चीनलाई फरक पार्नुभन्दा पहिले नेपाललाई नोक्सान पु¥याउनेछ । कतिपय अवस्थामा यस्तो देखिएको पनि छ । यसकारण धर्म परिवर्तनमा राज्यले विशेष कडाइ गर्न ढिला भइसकेको छ ।

प्रतिक्रिया