‘छठ पर्वले मुलुकलाई एकताबद्ध बनाएको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

‘छठ पर्व’का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुख्यरूपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भू–भागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालेकामा खुसी व्यक्त गरेका छन् ।

‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो संस्कृतिको विकास भएको छ । यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्दतामा वृद्धि गरेको छ । छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

प्रधानमन्त्रीले छठ पर्वबाट हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटामा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन् । प्रधानमन्त्रीले समृद्धि र विकासका लागि सुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइलाई गोलबद्ध हुन आग्रह पनि गरे ।

‘पृथ्वीमा उर्जाको सबैभन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना वैज्ञानिक दृष्टिले पनि उपयुक्त छ’, शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व सम्हालेदेखि नै मुलुकलाई गरिबीको दुश्चक्रबाट मुक्त गर्न सरकारले काम गरिरहेको उल्लेख गरेका छन् । अबको चार वर्षभित्र मुलुकलाई विकास र समृद्धिको मार्गमा हिंँडाउने संकल्प प्रधानमन्त्रीले दोहो¥याएका छन् ।

‘मुलुकमा राजनीतिक स्थायित्व कायम भएको छ । अब हामी अलिझनुपर्ने कुनै पनि मुद्दा र विषय बाँकी छ्रैन । मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्नुछ’, प्रधानमन्त्री ओलीले भनेका छन्,‘ मुलुकलाई समृद्ध बनाउने अभियानमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरूले काम गरिरहेका छन् ।’

प्रतिक्रिया