बिसीको युरोप डायरी

काठमाडौं । गायक तथा साहित्यकार नरबहादुर बिसिले लेखेको ‘युरोप डायरी’ नियात्रा संग्रह बजारमा आएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, पूर्व–मन्त्री तथा राष्ट्रिय सभाका सदस्य साहित्यकार दिनानाथ शर्मा, समालोचक हरिहर खनाल, पुष्पराज पौडेल, र हिमाल शर्मालगायतले पुस्तक विमोचन गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै समालोचक हरिहर खनालले युरोप डायरी पढ्दै जाँदा आफँै युरोप घुमिरहेको अनुभूति हुने बताए । उनले भने, ‘युरोप यात्राको चाहना राख्ने र नियात्रालाई माया गर्ने सबैलाई यो पुस्तक अत्यन्त उपयोगी रहेको छ ।’

पुस्तकले नियात्रा साहित्यको मर्मलाई गहन रूपमा उठाउन सकेको पूर्व–मन्त्री तथा सांसद शर्माले बताए । प्रमुख अतिथि मन्त्री थापाले किताब पढ्दा आफू पनि युरोपमा नै भएको जस्तो लागेको बताइन् । पुस्तकलाई ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरण गरेको छ ।

प्रतिक्रिया