छठपर्वका लागि घडीअर्वाको सम्पुर्ण तयारी पुरा

तिवारी यादव, वीरगंज । वीरगंजको घडीअर्वा छठ घाट पोखरीको सम्पुर्ण तयारी पुरा भएको छ । कातिक २७ गते मंगलवार परेको छठ पर्वको अवसर पारी आर्थिक नगरी वीरगंजको घडिअर्वा पोखरीको सजावटको काम पुरा भएको प्रचार प्रसार बिभागका संयोजक क्रान्ति साह जानकारी दिए ।

घडिअर्वा छठपुजाको सजावटमा ६ लाख २५ हजार ,साउण्ड सिस्टम ३५ हजारको रहेको छ । यस्तै भिडियोग्राफि ३५ हजार, सरसफाई खर्च १ लाख ,सुरक्षा खर्च ७५ हजार ,स्टेशनरी खर्चमा ५ हजार हुनेछ ।

संयोजक साहले पुरस्कार खर्च ३ लाख २५ हजार ,प्रचार प्रसारमा ६० हजार ,चैति छत पुजामा ६० हजार,अफिस खर्चमा ८० हजार जम्मा गरी १४ लाख खर्च हुने बताए । छठपुजामा आम्दानी भएको खर्च गरी १ लाख २५ गरी १५ लाख २५ हजार लागत लाग्ने उनले बताए ।

पूजा व्यवस्थापन समितिले पत्रकार सम्मेलनमा घडीअर्वा स्पोर्टस क्लब, अशोकवाटिका युथ क्लब र राधेमाई युवा क्लबका गरी डेढ सय जना स्वयमसेवकहरु खटाइने जानकारी दिएको हो ।

२०५६ देखि सञ्चालनमा आएको करिब ३ बिघा क्षेत्रको पोखरीको किनार तथा सूर्य मन्दिरलाई सिँगार्ने काम सम्पन्न भएको कानुले बताए ।

करिब ५ हजार व्रतालु एवं १ लाख ४० हजार श्रद्धालु भक्तजन आउने अनुमान गरिएको पोखरीको सजावटको काममा यस वर्ष गत वर्षभन्दा अढाई लाख रुपैयाँ बढी खर्च गरिएको बताए ।

गत वर्ष १४ लाखको हाराहारीमा खर्च भएको थियो भने यस वर्ष १५ लाख २५ हजार खर्च हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

सुरक्षा उपसमितिका संयोजक प्रभाकर गुप्ताका अनुसार यस वर्ष ६० जना सशस्त्र, ५० जना नेपाल प्रहरी एवं डेढ सय जना तीन वटा क्लबका स्वयंसेवक गरी अढाई सय जना सुरक्षाकर्मी परिचालन गरिने तयारी छ।

साथै पोखरीको चार वटा गेटमा २÷२ वटा का दरले ८ वटा र बाहिर भित्र थप ७ वटा गरी १५ वटा सिसिटिभी क्यामेराको बन्दोबस्त मिलाइएको छ। सझिया घाटे र विहनीया घाटेको ४÷५ घण्टाको लागि पोखरीमा प्रवेश र निकास द्वारमा पनि सुरक्षा प्रबन्ध चुस्त पार्ने तयारी रहेको छ।

समितिका अनुसार दिनप्रतिदिन सजावटको दाम र डिजाइन फरक पर्दै आएकोले यस वर्ष थप आकर्षक बनाउन अढाई लाख बढी खर्च परेको छ, । यसपाली सुरक्षा प्रबन्ध पनि थप प्रभावकारी बनाउने योजना छ।’

प्रतिक्रिया