दुर्घटनामा महिलाको मृत्यु

बनियानी । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका ४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५ नं. को पिकअप भ्यानले ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राईले जानकारी दिए । चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया