डल्लेसरायँ नाँचको पुरस्कार विजयनगरलाई

बासुदेव गिरी, प्यूठान । एकलाख राशीको डल्ले सरायँ नाँचको पुरस्कार प्यूठान नगरपालिका ३ स्थित विजयनगरले हासिल गरेको छ । विजुवार पूण्यखोलामा शनिवार भएको प्रतियोगितामा आठ समूहलाई पछिपार्दै युवाहरुको समूह प्रथम भएको हो ।

द्धृतिय पूण्यखोला र तृतिय थापडाँडाको समूहले जितेको छ । विजयी द्धृतिय र तृतिय हुने समूहलाई क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । सहभागी अन्य समूहलाई २०÷२० हजार रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरियो ।

प्यूठान नगरपालिकाको आयोजनामा सरायँ प्रतियोगिता गरिएको थियो । पूण्यखोला, सारीवाङ, पाण्डेडाँडा र जुम्रिकाडाका स्थानीयले समेत सरायँ प्रदर्शन गरेका थिए । नेपाली पोशाक, पञ्चेबाजा, बाद्यबादन, नित्यको तालमेललाई आधार मानेर विजयी समूह छनौट गरिएको मूल्यांकन समितिका संयोजक हुकुमबहादु विष्टले जानकारी दिए ।

डल्ले सरायँ जिल्लावासीको पहिचानसँग जोडिएको छ । झण्डै सातसय वर्ष पहिलेदेखि जाँट बंशीय राजाको राक्षसी स्वभाव विरुद्ध जनताले तरवार उठाएको घटानासँग सरायँनाच जोडिएको छ ।

विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरकेो सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिन्छ ।

हजारौँ दर्शकले यसवर्ष डल्ले सरायँको अवलोकन गरेका छन् । प्यूठान नगरपालिकाले यसवर्ष डल्ले सरायँका लागि पाँचलाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताएका छन ।

कक्षपतीका अनुसार सरायँलाई नगरपालिकाको साँस्कृतिक पर्यटन क्षेत्रमा डल्ले सरायँलाई विशेष प्राथमिकता दिएर नीति, तथा कार्यक्रम बनाएको छ ।

यसैबीच, डल्ले सरायँ नाँचको प्रवद्र्धनका लागि प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष कमल गिरीले २ वटा नरसिँह प्रदान गरेका छन् ।

उनले गतवर्ष घोषणा गरे अनुसारको उक्त बाद्यवाजनको साधन सरायँ प्रतियोगिताको दिन प्यूठान नगरपालिकाका नगरप्रमुख कक्षपतीलाई हस्तान्तरण गरिएको छ ।

गिरीकी जिवनसंगिनी मधु गिरीले नगरपालिकाका २ नम्वर वडा अध्यक्ष खिमबहादुर विष्ट र चार नम्वर वडा अध्यक्ष लक्ष्मीप्रकाशराज भण्डारीलाई हस्तान्तरण गरेकी थिइन ।

प्रतिक्रिया