ऊर्जामन्त्री पुन अस्पताल भर्ना

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुन स्वास्थ्यमा समस्या आएका कारण अस्पताल भर्ना भएका छन् । पुनलाई शुक्रबारराति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मन्त्री पुनको सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्ट लगायतको टोली संलग्न छ ।

यसअघि जण्डिस बिग्रिएका कारण पुनले लामो समय थाइल्याण्डमा बसेर उपचार गरेका थिए ।

प्रतिक्रिया